8 years ago
January 29, 2018
लण्डन (एजेन्सी) – प्रिमियर लिग टोली आर्सनलले यसै साता बोरुसिया डर्टमन्डको स्ट्राइकर पियर-एम्रिक अबामेयाङ भित्राउन सक्ने छ । विभिन्न स्रोतका अनुसार डर्टमन्ड र आर्सनल बीच अबामेयाङका लागि ६० मिलियन पाउन्डको सम्झौता पक्का भएको छ । 
अबामेयाङ आर्सनलको इतिहासमा सबैभन्दा महँगा खेलाडि हुने छन् । सिजनको सुरुवातमा आर्सनलले अर्का स्ट्राइकर एलेक्जान्डर लाकाजेटलाई ५२ मिलियन पाउन्ड खर्चिएको थियो ।
डर्टमन्डले सुरुमा अबामेयाङका लागि ७० मिलियन पाउन्ड माग गरेको थियो । तर अबामेयाङ आफै क्लबबाट सरुवा हुन चाहेकाले डर्टमन्ड ६० मिलियन पाउन्डमै बेच्न तयार भएको जनाइएको छ ।
आर्सनलले यस विन्टर ट्रान्सफर विन्डोमा आफ्ना स्टार खेलाडि एलेक्सिस सान्चेजलाई म्यानचेस्टर युनाइटेडलाई बेच्दै उसका मिडफिल्डर हेनरिक मिखितार्यनलाई भित्राएको थियो ।
अबामेयाङले डर्टमन्डका लागि सबै प्रतियोगितामा अघिल्लो सिजन ३१ गोल गरेका थिए । यस सिजन पनि उनी राम्रो लयमा रहेका छन् । तर क्लबका लागि खेल्न इच्छा नराखेपछि डर्टमन्डले उनलाई दुई खेलका लागि छनोट गरेको थिएन ।
आर्सनल प्रिमियर लिगमा अहिले छैटौं स्थानमा रहेको छ । अबामेयाङलाई भित्राएमा आर्सनलले आफ्नो च्याम्पियन्स लिग छनोट अभियान अझ बलियो बनाउने पक्का छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]