default_image

8 years ago

January 29, 2018

भरत ‘वर्षको उत्कृष्ट खेलाडी’ उपाधिबाट सम्मानित

213 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवासलाई सहारा क्लब पोखराले वर्षको उत्कृष्ट खेलाडी २०७३ बाट सम्मानित गरेको छ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आयोजक सहाराले यो वर्षदेखि राष्ट्रिय टोलीमा रहेका एक खेलाडीलाई सम्मान गर्ने परम्पराको थालनी गरेको छ । यसअघि क्लबले पुराना खेलाडीलाई सम्मान गर्दै आएको थियो । 

Bharat Khawas

पोखरा रंगशालामा जारी १६ औं आहा रारा गोल्डकपको रुस्लान थ्री स्टार र नेपाल एपिएफबीचको तेस्रो क्वार्टरफाइनल खेलका दौरान नेपाली टोलीका नियमित सदस्य भरतलाई सम्मान गरेको हो । उनलाई ३५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

२०७३ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा गरेको प्रदर्शनका आधारमा भरतलाई सम्मान गरेको सहाराले जनाएको छ । सहाराले गठन गरेको छनोट समिति, नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कास्की र नेपाल रेफ्रीसँगको सिफारिसमा उनलाई सम्मान गरिएको बताइएको छ ।

आर्मीका कप्तान समेत रहेको भरतको नेतृत्वमा आर्मीले यो वर्ष पनि ४ नकआउट उपाधि जितेको छ । आर्मी आहा गोल्ड कपमा भने क्वार्टरफाइनलबाट नै बाहिरिसकेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.