default_image

8 years ago

January 29, 2018

‘नेयमार मेस्सीको छायाँबाट मुक्त भएका छन्’– आल्भेस

106 views

0 Bookmark

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का राइट ब्याक ड्यानी आल्भेसले नेयमारका लागि पिएसजी पुग्नु लियोनल मेस्सीको छायाँबाट छुटकारा मिल्नु मात्र नभई बलोन डी’ओरका लागि प्रतिस्पर्धा गर्न पनि मद्दत पुग्ने बताएका छन् । मेस्सीको छायाँबाट मुक्त भएर मात्र ब्राजिलियन स्टार नेयमारले विश्व फुटबलको सुपरस्टारका रुपमा आफुलाई स्थापित गर्न सक्ने आल्भेसको विश्वास छ ।

चार वर्ष बार्सिलोनामा रहँदा नेयमार कहि न कहि मेस्सीको छायाँमा परेको धेरैको बुझाई रहेको थियो । यो सिजनको सुरुआतमा उनी २ सय २२ मिलियन कीर्तिमान रकममा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । पछिल्लो समय फेरि नेयमार बार्सिलोनाको स्पेनिस चिर प्रतिद्वन्द्वी रियल म्याड्रिड पुग्ने सम्भावना बलियो हुँदै गएको छ । यद्दपी नेयमारले पिएसजी पुगेयता उच्च प्रदर्शनलाई निरन्तरता दिदै आएका छन् ।

नेयमारले बार्सिलोना छोड्नुलाई उपयुक्त भएको उल्लेख गर्दै आल्भेसले भनेका छन्, ‘मलाई लाग्छ, मेस्सी विश्व फुटबलका सबैभन्दा प्रभावशाली खेलाडी हुन् । त्यस अर्थमा नेयमारले त्यहाँबाट बाहिरिएर आफुलाई छायाँबाट थोरै भएपनि मुक्त गरेका छन् । मेस्सी जस्तो अद्भुत खेलाडीसँग खेल्दा छायाँमा पुर्नु स्वभाविक हो ।’

उनले मेस्सी र आफुहरु बीच प्रतिस्पर्धा हुनु पनि स्वभाविक मानेका छन् । ‘उनीसँग खेल्दा अरुको क्षमताका बारेमा शंका हुनु स्वभाविक हुन आउछ’ , अल्भेसले भनेका छन्, ‘मेस्सीसँग खेल्न मलाई जहिले राम्रो लाग्थ्यो, तर उनी अर्जेन्टिनी हुन् भने नेयमार र म ब्राजिलियन हौं । ढिला वा चाँडो हामी एकअर्काविरुद्ध उत्रनै पर्ने हुन्छ । ‘

नेयमारले आफुलाई उत्कृष्ट खेलाडीका रुपमा प्रमाणित गर्ने मौका पाएको पनि आल्भेसको बुझाई छ । ‘मलाई लाग्छ मेस्सीको नजिक नभएका कारण व्यक्तिगत क्षमता प्रदर्शन गर्ने यो राम्रो मौका हो’, उनले थपे, ‘यो नेयमारका खेलको विकास क्रमका लागि महत्वपूर्ण हो । त्यो ब्राजिलका लागि पनि लाभदायक हुनेछ ।’

आल्भेस पनि बार्सिलोनाबाट युभेन्ट्स हुँदै पिएसजी पुगेका छन् । नेयमार पिएसजी पुग्नु मध्येको एक महत्वपूर्ण कारण मध्ये आल्भेस पनि रहेको विश्वास गरिएको छ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.