8 years ago
January 30, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले आज अाई-लिगअन्तर्गत दोस्रो खेल खेल्दैछन् । आज दिउँसो २:१५ बजे हुने खेलमा मिनरेभा पन्जाबले इस्ट बंगालको सामना गर्दैछ ।

गोलकिपर किरण चेम्जोङ । फाइल तस्बिर
पहिलो खेलमा नरोका फुटबल क्लबलाई १-० ले पराजित गर्दा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले डेब्युमा क्लिनसिट राख्दै गरेको उत्कृष्ट सुरुवात दोस्रो खेलमा पनि जारी राख्ने अपेक्षा गरिएको छ ।
किरणको टोली लिगको शीर्षस्थानमा रहेको छ । लिगको ८ चरण बाँकी रहेको अवस्थामा उनको टोलीले लिग जित्ने सम्भावना प्रबल छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]