default_image

8 years ago

January 30, 2018

आहा रारा गोल्डकप: मनाङसँग युवा पुलिस टोलीको परिक्षा

116 views

0 Bookmark

दिपेन्द्र पोखरेल

पोखरा – आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करणको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा घरेलु फुटबलका दुई सफल इतिहास बोकेका क्लबको प्रतिस्पर्धा हुँदैछ ।

आहा गोल्ड कप लगायत घरेलु फुटबलका लगभग सबै उपाधि जितेका दुई टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले आज सेमिफाइनल प्रवेशका लागि एकअर्काको सामना गर्दैछन् ।

mmc vs police

मनाङ सफल इतिहासको लागि निरन्तर प्रयासमा रहँदा पुलिस भने पहिलाको दाँजोमा कमजोर भएको छ । अघिल्लो वर्ष सर्वाधिक ४ नकआउट फुटबलको उपाधि जितेको मनाङ यो वर्ष पनि २ उपाधि जितिसकेको छ ।

तर, पुलिसको हकमा भने पछिल्ला केहि वर्ष उपाधिको खडेरी नै परे जस्तो भएको छ । यद्दपी युवा खेलाडी सम्मिलित पुलिसले राखेप च्याम्पियनसिप अन्तर्गत फुटबलमा स्वर्ण  जितेको पुलिसका प्रशिक्षक अनन्त थापा पनि यो खेलले अनुभवको खोजीमा रहेको युवा टोलीमा धेरै अर्थ रहेको बताउँछन् ।

‘हाम्रो टोलीमा अनुभवको कमि छ , त्यसैले पनि यो खेलले हाम्रा खेलाडीहरु लाई धेरै सिक्ने अवसर दिन्छ । युवा टोलीलाई ठूलो खेलको अनुभव पाउने यो राम्रो मौका हो ,’ थापाले हाम्रो खेलकुद डटकम लाई भने , ‘हाम्रा खेलाडी सकारात्मक छन् । हामी जित्न हरसम्भव प्रयास गर्नेछौं । हामीले धेरै मेहेनत गर्दै खेलको योजना बनाएका छौं । हाम्रा खेलाडीले आफ्नो भूमिका बुझेका छन् । त्यसैले हामी जित्ने क्षमता राख्छौ ।’

पुलिसले प्रतियोगिताको पहिलो खेलमा झापालाई १–० ले हराएको थियो । मनाङको भने प्रतियोगितामा पहिलो खेल हो । इटहरीको फाइनलमा रुस्लान थ्री स्टार क्लबसँग पराजित भएको मनाङको टोलीमा दुइ विदेशी खेलाडी आजको खेलमा खेल्न नपाउने प्रशिक्षक छिरिङ लोप्साङले बताए । ‘वोर्क पर्मिटका कारणले हाम्रा दुई विदेशी खेलाडी खेल्न पाउने छैनन् , उनले भने , इटहरीमा खेलेका अन्य सबै खेलाडी राम्रो लयमा छन् ।’

आजको विजेताले सेमिफाइनलमा धरान फुटबल क्लबको सामना गर्नेछ । धरानले यसअघि नेपाल आमर्मीलाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम चारमा पुगेको थियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.