काठमाडौं (हाम्रो खेलकुद) – जारी आई-लिगमा मिनरेभा पन्जाब इष्ट बेगांलसँग २-२ को बराबरीमा रोकिएको छ । सो खेलमा नेपालका गोलकिपर किरण चेम्जोङले एक पेनाल्टि बचाऊ पनि गरे ।
मिनरेभा पहिलो हाफमा दुई गोल गर्न सफल भए पनि दोस्रो हाफमा दुई गोल खान पुग्यो । खेलको ५० औं मिनेटमा किरणले टोलीका लागि पेनाल्टि बचाऊ गरेका थिए ।
यस बराबरीसँगै मिनरेभा ११ खेलमा २६ अंकका साथ पहिलो स्थानमा यथावत् नै रहेको छ । एक खेल बढि खेलेको दोस्रो स्थानको निरोसाभन्दा मिनरेभाको ५ अंक बढी रहेको छ ।