default_image

8 years ago

January 30, 2018

मेयर कपको पहिलो दिन आयोजक नगरपालिका सफल

106 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ– बागलुङमा सुरु भएको प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबलमा आयोजकले विजयी सुरुवात गरेको छ । बाङ्गेचौर खेलमैदानमा भएको उद्घाटन खेलमा पालुङटार नगरपालिकालाई पेनाल्टी सुट आउटमा ३–४ गोल अन्तरले हराउँदै आयोजक बागलुङ नगरपालिका क्वाटरफाइनलमा पुगेको छ ।


निर्धारित समयमा र थप समयमा ३–३ को बराबरीपछि खेल पेनाल्टीमा गएको थियो । आठौं मिनेटमा आशिष केसीको गोलबाट बागलुङले अग्रता लिएपनि औं २२ मिनेटमा पालुङटारका फरवार्ड जुद्धकुमार गुरुङले अनमार्क रहेको अवस्थामा बराबरी गोल फर्काए । ५० औं मिनेटमा गोलकिपरबाट रिबाउन्ड भएको बलमा सुनिल बस्यालले गोल गर्दै पालुङटारलाई २–१ को अग्रता दिलाए ।

६० औं मिनेटमा कप्तान प्रमेश थापाले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याए । त्यसपछि खेलमा २० मिनेट समय थप गरिएको थियो । थप समयको ११ औं मिनेटमा जित कार्कीको पासमा बागलुङका प्रमल थापाले हेडमार्फत गोल गरे । त्यसको २ मिनेट बित्द नपाउँदै पालुङटारका जुद्धकुमार गुरुङको फ्रिकिकमा प्रविणकुमार गुरुङले बराबरी गोल गरे ।

पेनाल्टी सुटआउटमा पालुङटारका जुद्ध कुमार गुरुङ, विजय विक र सागर खत्रीले गोल गरे भने प्रविन कुमार गुरुङ र विजय भटको प्रहार म्यान अफदि म्याच घोषित बागलुङका गोलकिपर रुपेश बोहोराले विफल पारिदिएका थिए । बागलुङका युगेस थापा, निसान थापा, कमल थापा र प्रमेश थापाले गोल गरे । जितेन्द्र काकर्कीको प्रहार बाहिरिएको थियो ।

पालुङटारका प्रशिक्षक विकास तामाङले आफुहरुलाई प्रतियोगिताको बारेमा ढिलो जानकारी भएको र टिम व्यवस्थापन गर्न गाह्रो भएकाले खेल हार्न पुगेको बताए । उनुभयो । २ दिनको तयारीले खेल्नु पर्दा प्रदर्शन सोचे अनुरुप हुन कठिन हुने उनको भनाई थियो ।

यस्तै बागलुङ नगरपालिकाका प्रशिक्षक भिम बहादुर बोहोराले आफ्ना खेलाडीहरु काठमाडौं र अन्य क्षेत्रमा छरिएर खेल्ने गरेको र खेलमा सन्तुलन हुन नसकेको बताए । मिडफिल्डमा केही समस्या देखिएकाले आउने खेलमा सुधार हुने बोहोराको भनाई थियो ।

नकआउट प्रतियोगितामा प्रदेश नम्बर ४ का ११ नगरपालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा बुधबार भकुण्डे खेलमैदानमा कुश्मा नगरपालिका पर्वत र गल्कोट नगरपालिका बागलुङबीच प्रतिस्पर्धा हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ र दास्रो हुने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राईकर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ पाउने बताइएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.