default_image

8 years ago

January 31, 2018

अार्सनलको लज्जास्पद हार

121 views

0 Bookmark

लन्डन (एजेन्सी) – नयाँ खेलाडी हेनरिख मिखितार्यानले डेब्यु गरेको खेलमा प्रिमियर लिग टोली अार्सनल स्वान्सी सिटीसँग ३-१ ले पराजित भएको छ । खेलमा अग्रता लिएको अार्सनलले लगातार तीन गोल खाएको थियो ।

नाचको मोनरियालले मेसुट अोजिलको पासमा गोल गरेपछि अार्सनलले ३३ अौं मिनेटमा अग्रता लिएको थियो । तर एक मिनेट नबित्दै स्याम क्लुकसले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ६० अौं मिनेटमा अार्सनलले मिखितार्यानलाई मोहमद एल्नेनीको स्थानमा ल्यायो । तर उक्त निर्णय सुखद रहेन । लगत्तै जोर्डन अायुले गोल गर्दै स्वान्सीलाई अग्रता दिलाए । ८६ अौं मिनेटमा क्लुकसले अग्रता दोब्बर पारे ।

लिग तालिकामा अार्सनल २५ खेलमा ४२ अंक बोक्दै छैटौं स्थानमा यथावत छ । चौथो स्थानमा रहेको लिभरपुल ८ अंकले अगाडि छ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.