default_image

8 years ago

January 31, 2018

लिभरपुलको सहज जित

163 views

0 Bookmark

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार लिभरपुलले हडर्सफिल्डलाई ३-० ले पराजित गरेको छ ।

फिलिपे कोउटिन्हो र ड्यानियल स्टरिजको प्रस्थानका बाबजुद कुनै खेलाडी भित्र्याउने प्रयास नगरेको लिभरपुलले सहज जित हात पार्यो । हडर्सफिल्डको घरेलु मैदानमा लिभरपुलले एम्रे च्यानको २६ अौं मिनेटको गोलमा अग्रता लिएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा रोबर्टो फिर्मीनोले लिभरपुलको अग्रता दोब्बर पारे । उनले साडियो मानेको पासलाई सदुपयोग गर्दै लिभरपुललाई अगाडी बढाएका हुन् । दोस्रो हाफमा मोहमद सलाहले गोल गर्दै जित पक्का गरे ।

७७ अौं मिनेटमा फिलिप बिलिङले भ्यानलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि लिभरपुलले पेनाल्टी प्रहारको अवसर पाएको थियो । सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुलले चौंथो स्थानमा पकड बलियो बनाएको छ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.