default_image

8 years ago

February 1, 2018

‘इब्राहिमोभिच एलए ग्यालेक्सी जाने हल्ला मात्र’

112 views

0 Bookmark

न्यूयोर्क (एजेन्सी)– ज्लाटान इब्राहिमोभिच मेजर लिग सकर टोली एलए ग्यालेक्समा आबद्ध हुन लागेको भन्ने हल्ला मात्र भएको टोलीका प्रशिक्षक सिगी सेचमिड्टले बताएका छन् । पछिल्लो केहि साता यता स्वीडेनका पूर्व स्टार अमेरिकी क्लबमा आबद्ध हुने चर्चा चलेको थियो । म्यानचेस्टर युनाइटेडसँगको आबद्धता ६ महिना बाँकी रहकै अवस्थामा उनी अमेरिका जाने चर्चा चलेको हो ।

युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले इब्राहिमोभिच जान चाहे नरोक्ने बताएका थिए । तर, ग्यालेक्सीका प्रशिक्षकले भने माउरिन्होको भन्दा भिन्न कुरा गरेका छन् । उनले इब्राहिमोभिच ग्यालेक्सी जाने हल्ला बाहेक केहि बताएका छन् ।

प्रशिक्षक सेचभिड्टले भनेका छन्, ‘विगतमा उनका बारेमा क्लबमा धेरै कुरा भएको हो । आउने दिनमा पनि हुन सक्छ । अहिले क्लबमा केहि चर्चा भएको भए हामीलाई थाहा हुन्थ्यो । अहिले यो चर्चा हल्ला मात्र हो ।’

झन्डै दुई वर्षअघि पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्दा इब्राहिमोभिच ग्यालेक्सी जाने सम्भावना बढेको थियो । तर, पछि उनी युनाइटेडमा आबद्ध भए र गत वर्ष उच्च प्रदर्शन गरे । इब्राहिमोभिचले गत सिजन युनाइटेडका लागि सबै प्रतियोगितामा गरि २८ गोल गरेका थिए ।

चोटका कारण भने पछिल्लो समय उनी मैदानबाट टाढै छन् । डिसेम्बरमा बनर्लीीसँग २–२ को बराबरीमा खेलेयता ३६ वर्षे इब्राहिमोभिच मैदान ओर्लेका छैनन् । अघिल्लो सिजन जुन घुडाँमा चोट लागेको थियो, यसपटक त्यसमै समस्या भएको थियो ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.