8 years ago
February 1, 2018
लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ ।
वेम्ब्ली स्टेडियममा खेलिएको सो खेलको पहिलो मिनेटमै टोटनह्यामका मिडफिल्डर क्रिस्टियन एरिक्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले खेल सुरु भएको ११ सेकेन्डमै गोल गरेका थिए । त्यस्तै युनाइटेडको डिफेन्डर फिल जोन्सको आत्मघाती गोलमा टोटनह्यामले अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरेको हो ।
यस जितसँगै पाँचौं स्थानमा रहेको टोटनह्यामको २५ खेलबाट ४८ अंक रहेको छ । त्यस्तै युनाइटेडको उति नै खेलबाट ५३ अंक रहेको छ ।
त्यस्तै गए रातिको अर्को खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वेष्ट ब्रोममाथि ३-० को सहज जित दर्ता गर्न सफल रह्यो ।
सिटीका लागि फर्नान्डिनोले गोलको खाता खोलेका थिए भने केभिन डे ब्रुयन र सर्जियो अगुएरोले दोस्रो हाफमा गोल गर्दै टोलीको जित सुनिशित गरे । यस जितसँगै सिटीको २५ खेलमा ६८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको युनाइटेडमाथि सिटीको १५ अंकको अन्तर रहेको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]