8 years ago
February 2, 2018
म्याड्रिड (एजेन्सी) – भर्खरै सम्पन्न जनवरी ट्रान्सफर विन्डोमा रियल म्याड्रिडले कुनै खेलाडी खरिद गर्न । स्पेनिस लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १९ अंकले पछाडि रहेको रियल ला लिगामा खेलाडी नकिन्ने एक्लो टोली हो ।

रियलको वरपर रहेका सबै टोलीले नयाँ खेलाडी भित्र्याउने क्रम जारी राख्दा म्याड्रिडले भने कुनै परिवर्तन गरेको छैन । रियलका प्रशिक्षक जिनेदिन जिदानले अहिलेको टोली सफलता दिलाउन पर्याप्त रहेको बुझाई राखेका छन् । यधपी उनले अर्को ट्रान्सफर विन्डोमा भने खुलेर खर्च गर्ने सम्भावना रहेको छ ।
यस ट्रान्सफर विन्डोमा बार्सिलोनाले १ सय ४२ मिलिष खर्चेर लिभरपुलबाट फिलिप कोउटिन्होलाई भित्र्याएको थियो । एट्लेटिको म्याड्रिडले पनि प्रिमियर लिग क्लब चेल्सीबाट फरवार्ड डिएगो कोस्टालाई फिर्ता ल्यायो । सेभिल्लाले मिडफिल्डर रोके मेसा ल्याउँदा भ्यालेन्सियाले लुसियानो भिएटोको साथ जोड्यो ।

रियलले अर्को ट्रान्सफर विन्डोमा ठूलो नामका खेलाडी भित्र्याउने गृहकार्य सुरु गरिसकेको छ । त्यसका लागि हाल टोलीमा रहेर अपेक्षाकृत प्रदर्शन गर्न नसकेका खेलाडीले क्लब छाड्ने वातावरण सिर्जना हुनेछ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]