8 years ago
February 2, 2018
दिपेन्द्र पोखरेल
पोखरा – सहारा क्लबले आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्न थालेको यो १६ औं वर्ष हो । त्यसअघिको क्याराभान गोल्ड कपलाई जोड्ने हो भने १७ वर्षदेखि पोखरामा निरन्तर आयोजना हुने यो एउटा मात्रै गोल्ड कप हो । आहा गोल्ड कपको उपाधिको इतिहास तीन क्लबको वरिपरि घुमेको छ ।
क्याराभानसहित जोड्दा १६ मध्ये १४ उपाधि नेपाल पुलिस क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबले जितेका छन् । जसमा पुलिस र मनाङले सर्वाधिक समान ५ र थ्री स्टारले ४ पटक जितेको छ । त्यसबाहेक २ वटा क्लबले मात्र आहा रारा गोल्ड कप समान १ पटक जितेका छन् । अफ्रिकन मुलका खेलाडी सम्मिलित अफ्रिकन युनाइटेडले २०६२ र आयोजक सहाराले २०७० मा उपाधि जितेको थियो ।
यसपटक फेरि सर्वाधिक उपाधि जित्ने मध्येको पुलिस र थ्री स्टार क्लब यसपटकको उपाधिका लागि शनिबार एकअर्काविरुद्ध उत्रर्ने तयारीमा छन् । थ्री स्टार र पुलिसले अहिले सम्म ९ पटक उपाधि जितेपछि यी दुई टोलीबीच पहिलो पटक फाइनल हुँदैछ । घरेलु फुटबलमा दबदबा मच्चाएका यी दुई टोली पछिल्लो केहि वर्षयता भने केहि ओझेलमा थिए ।
सिनियर खेलाडीहरुको वर्हिगमन र तत्कालिन प्रशिक्षक विराटकृष्ण श्रेष्ठले क्लब छाडेपछि पुलिस कमजोर हुँदै गएको थियो । मोसफलका अधिकांश नकआउट फुटबलमा दाबेदार मानिएको पुलिसको पछिल्ला वर्षमा उपस्थिति सहभागितामा मात्र सिमित हुन थालेको थियो ।अर्का विभागिय टोली त्रिभुवन आर्मी क्लब र केहि हद सम्म नेपाल एपिएफ क्लबले दाबेदारी प्रस्तुत गर्दा पुलिसबाट भने धेरैले आश गर्न छाडिसकेका थिए ।
अहिले पुलिसमा युवा खेलाडीको बाहुल्यता रहेको छ । पुलिसले फेरि घरेलु फुटबलमा फर्कने संकेत दिन थालेको छ । यद्दपी अहिले पुलिसलाई पुरानै अवस्थाको भन्न सक्ने अवस्था बनिसकेको भने छैन । यस महिनाको सुरुआतमा दाङमा राखेप च्याम्प्यिनसिप अन्तर्गत फुटबलमा स्वर्ण पदक जितेपछि पुलिस फेरि नोटिसमा आएको छ ।
यद्दपी राखेप च्याम्पियनसिपमा आर्मी र एपिएफले दोस्रो रोजाइका खेलाडी उतारेको थियो भने फुटबलमा क्षेत्रिय टोलीको उपस्थितिलाई खासै बलियो मानिन्नन् । त्यसअर्थमा पुलिसको त्यो उपाधिलाई धेरैले ठूलो उपाधिका रुपमा मानेका छैनन् । तथापी त्यसले पुलिसको तयारी र अनुभवका लागि भने अर्थपूर्ण मानिएको छ । २०६६ यता पुलिस आहा रारा गोल्डकपको फाइनलमा पुगेको यो पहिलो पटक हो ।
अर्को तिर थ्री स्टार झन्डै डेढ वर्षपछि फुटबलमा फर्कदा कस्तो दाबेदारी प्रस्तुत गर्ला भन्ने चासो थियो । धनगढीमा भएको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपबाट घरेलु फुटबलमा पुनरामगन गरेपछि त्यहाँ दोस्रो खेलमा पराजित भएको थियो । त्यसपछि टोलीले सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी स्मृति इटहरी गोल्ड कपको उपाधि जित्दै पुरानै लयमा फर्कने संकेत गरेको छ ।
अघिल्लो शनिबार इटहरी गोल्ड कपमा मनाङलाई हराएको थ्री स्टारले भोलीको शनिबार पुलिसको सामना गर्दैछ । गत वर्ष पहिलो चरण पार गरेरपछि एन्फाको गल्तिका कारण थ्री स्टारले एएफसी कपको दोस्रो चरण खेल्न पाएको थिएन । त्यसकै विरोधमा क्षतिपूर्ति नपाउँदा सम्म एन्फाले आयोजना गर्ने र स्वीकृति दिएका कुनै प्रतियोगिता भाग नलिने कठोर निर्णय गरेको थियो । एन्फाको पछिल्लो साधारण सभाले १ करोड ५० लाख रुपैयाँ क्षेतीपूर्ति दिने निर्णय गरेपछि थ्री स्टार घरेलु फुटबलमा फर्केको थियो ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले फाइनलमा अर्को कुन टोली छ भन्नेलाई खासै महत्व नदिने बताएका छन् । ‘हामीलाई फाइनलमा जो सुकै होस् खास फरक पर्दैन हामी जितेका लागि खेल्नेछौं’, उनले भने, ‘हामी एउटा उपाधि जित्ने हिसाबमा मात्र होइन, लामो सोचका साथ आएका छौं । अयजी मार्टिन र पिटर सेगुनको वर्क पर्मिट स्वीकृत भएकाले उनीहरु दुवै फाइनलका लागि उपलब्ध हुनेपनि केसीले जानकारी दिए ।’
पुलिसका प्रशिक्षक अनन्त थापाले भने हरेक खेललाई नयाँ खेलका रुपमा हेर्ने र आफ्नो टोलीले एकपछि अर्को खेलमा सुधार गर्दै आएकोले जित्ने आशा रहेको बताए । उनले भने, ‘हाम्रा खेलाडीले निर्देशन र योजना अनुसारकै प्रदर्शन गरिरहेका छन्, उनले भने, फाइनलका लागि पनि हाम्रो अलग रणनीति छ । योजना अनुसार खेल्न सकेको खण्डमा हामी उपाधि जित्न सक्छौं ।’
थ्री स्टारका कप्तान विक्रम लामाले लगातार उपाधिको दौडमा रहँदा अर्कै आनन्दको महसुस हुने बताए । पछिल्ला डेढ वर्ष थ्री स्टारले नखेल्दा अन्य क्लबबाट खेल्नु पर्दाको अनुभव सुनाउँदै उनले भने, ‘मलाई जस्तो अन्य क्लबबाट खेलेको अनुभव सायदै कसैलाई होला । अन्य क्लबबाट खेल्दा पनि जितियो खुसी भइयो । तर सबैभन्दा बढी आनन्द आफ्नै क्लबबाट प्राप्त गरेको सफलतामा हुने रहेछ ।’
पुलिसका कप्तान हेम तामाङले राखेप च्याम्पिनसिप जित्नु र आहा रारा गोल्ड कपमा ठूला क्लबलाई जित्दा मनोबल उच्च रहेको बताए । उनले प्रशिक्षकको योजना अनुसार आफुहरु खेल्न तयार रहेको जनाउँदै त्यसकै आधारमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
यसअघि आठ पटक फाइनल खेलेको पुलिसले पाँच पटक जितेको थियो भने थ्री स्टारले खेलेका सबै फाइनलमा उपाधि जितेको थियो । यसपटक पनि पुरानो इतिहासलाई निरन्तरता दिन सके थ्री स्टारले उपाधिमा पुलिस र मनाङसँगै सर्वाधिक उपाधि जित्ने टोलीसँग बराबरी गर्नेछ । अर्को तिर भोलीको फाइनल जित्न सके पुलिस मनाङलाई पछि पार्दै सबैभन्दा बढीपटक उपाधि जित्ने टोली बन्नेछ ।
आहा रारा र क्याराभान गोल्ड कपका विजेता
२०७४ थ्री स्टार वा पुलिस ?
२०७३ मनाङ
२०७२ मनाङ
२०७१ थ्री स्टार
२०७० सहारा
२०६९ थ्री स्टार
२०६८ मनाङ
२०६७ थ्री स्टार
२०६६ पुलिस
२०६५ पुलिस
२०६४ पुलिस
२०६३ आर्मी
२०६२ अफ्रिकन युनाइटेड
२०६१ मनाङ
२०६० मनाङ
२०५९ पुलिस
२०५८ पुलिस (क्याराभान गोल्ड कप)
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]