8 years ago
February 2, 2018
धरान (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको शनिबार हुने उद्घाटन खेलमा सिएमजी क्लब संकटाको सामना गर्दैछ । मनाङ र संकटा पोखरामा जारी १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता पहिलो खेलमै पराजित भएर धरान पुगेको थियो ।
संकटालाई नेपाल एपिएफ क्लबले १–० ले हराएको थियो भने आहा गोल्डकपको ५ पटकको विजेता मनाङ क्याराभान गोल्ड कपसहित अर्को ५ पटकको विजेता नेपाल पुलिस क्लबसँग ३–१ ले स्तब्ध भएको थियो । गत वर्ष नकआउटको सर्वाधिक उपाधि जितेको मनाङले यो वर्ष २ वटा उपाधि जितेको थियो भने ३ वटामा उपविजेतामा चित्त बुझाएको थियो ।
मनाङले चितवनमा जेसिज कप र गत महिना दुहवी गोल्डकप जितेको थियो । टोली झापाको सताक्षी गोल्डकप र मेची नेत्रालय काकरभिट्टा गोल्डकप तथा मदन भण्डारी स्मृति इटहरी गोल्डकपको फाइनलमा पराजित भएको थियो । सताक्षी र काकरभिट्टामा त्रिभुवन आर्मी क्लब र इटहरी कपमा रुस्लान थ्री स्टार क्लबसँग पराजित भएको थियो ।
८ टोलीको सहभागिता रहेको बुढासुब्बाको दोस्रो खेलमा आइतबार आयोजक धरान र भारतको दुर्गापुर स्टिलबीच हुनेछ । त्यस्तै सोमबार तेस्रो खेलमा नेपाल पुलिस र झापा ११ ले एकअर्काको सामाना गर्नेछन् । पुलिस शनिबार आहा गोल्डकपको फाइनल खेलेर धरान पुग्नेछ । त्यस्तै आहा गोल्डकपको फाइनल पुगेको अर्को टोली रुस्लान थ्री स्टार क्लबबीच माघ २३ गते हुनेछ ।
मनाङ र संकटाबीचको विजेताले झापा र पुलिसबीचको विजेतासँग माघ २४ गते पहिलो सेमिफाइनल खेल्नेछ । त्यस्तै धरान र दुर्गापुरबीचको विजेताले थ्री स्टार र सुदूरपश्चिम ११ बीचको विजेताको माघ २५ गते सामना गर्नेछ । फाइनल माघ २७ गते हुने आयोजक धरानले जनाएको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]