default_image

8 years ago

February 3, 2018

आइ लिगमा किरणको टोली पराजित

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी इन्डियन लिग (आइलिग) मा पराजित भएको छ । शुक्रबार साँझ भएको खेलमा मिनेर्भा चर्चिल ब्रदर्श क्लबसँग २–१ ले पराजित भएको हो ।


मेचाक कोफीको पेनाल्टी गोलबाट अग्रता लिएको घरेलु टोलीका लागि वायने भाजले पहिलो हाफको अन्तिम मिनेटमा अर्को गोल गरे । कसिम आइडाराले मिनेर्भाका लागि गोल फर्काएका थिए ।

किरण सहभागी भएयताको तेस्रो खेलमा मिनेर्भाको पहिलो हार हो । हारका वावजुद मिनेर्भा २६ अंकसहित शीर्षस्थानमा छ । जितपछि चर्चिल ब्रदर्श अंक तालिकाको दसौंबाट सातौं स्थानमा उक्लेको छ ।

गत शनिबार किरणले डेब्यूमा निरोकालाई १–० ले हराएको गरेको खेलमा मिनेर्भा मंगलबार इष्ट बंगालसँग २–२ को बराबरीमा रोकिएको थियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.