default_image

8 years ago

February 3, 2018

आहा गोल्डकप फाइनल आजः रुस्लान थ्री स्टार र पुलिस भिड्दै

103 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नौं पटकका विजेता नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लबबीच आज १६ औं आहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्दैछन् । पोखरा रंगशालामा फाइनल दिउँसो २ः०० बजे सुरु हुने आयोजक सहारा क्लबले जनाएको छ ।

प्रतियोगितामा पुलिस सर्वाधिक सफल टोली मध्येको एक हो भने थ्री स्टार दोस्रो सफल टोली हो । सहाराले २०५८ मा आयोजना गरेको क्याराभान र त्यसको आहा गोल्डकपसहित पुलिस र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले समान ५ टोली उपाधि जितेका छन् ।

थ्री स्टारले भने ४ पटक उपाधि जितेको छ । थ्री स्टारले आहा गोल्डकपमा खेलेका सबै ४ फाइनल जितेको थियो । त्यसबाहेक अफ्रिकन युनाइटेड र सहाराले समान १ पटक बाहेक यहाँ अर्को च्याम्पियन बन्न सकेको छैन । थ्री स्टार पुलिस दुवैले गरेर नौं पटक उपाधि जितेपनि आहा गोल्डकपको फाइनलमा भने पहिलो पटक भिड्दैछन् ।

थ्री स्टार ३ वर्षपछि र पुलिस ८ वर्षपछि फाइनल पुगेको हो । २०७१ मा पछिल्लो पटक उपाधि जितेको थ्री स्टारले गत वर्ष भने आहा लगायत घरेलु फुटबलका कुनै पनि प्रतियोगितामा भाग लिएन । नवौं फाइनल खेल्ने क्रममा रहेको पुलिसले भने पछिल्लो पटक २०६६ मा उपाधि जितेको थियो । यसपटकको विजेताले उपाधिसहित ७ लाख १ हजार र दोस्रो टोलीले ३ लाख ५१ ह्जार रुपैयाँ प्राप्त गर्नेछ ।

सिनियर खेलाडीहरुको वर्हिगमन र तत्कालिन प्रशिक्षक विराटकृष्ण श्रेष्ठले क्लब छाडेपछि पुलिस कमजोर हुँदै गएको थियो । मोसफलका अधिकांश नकआउट फुटबलमा दाबेदार मानिएको पुलिसको पछिल्ला वर्षमा उपस्थिति सहभागितामा मात्र सिमित हुन थालेको थियो । अहिले पुलिसमा युवा खेलाडीको बाहुल्यता रहेको छ । पुलिसले फेरि घरेलु फुटबलमा फर्कने संकेत दिन थालेको छ ।

यद्दपी अहिले पुलिसलाई पुरानै अवस्थाको भन्न सक्ने अवस्था बनिसकेको भने छैन । यस महिनाको सुरुआतमा दाङमा राखेप च्याम्पियन्सिप अन्तर्गत फुटबलमा स्वर्ण पदक जितेपछि पुलिस फेरि नोटिसमा आएको छ । पुलिसका प्रशिक्षक अनन्त थापा हरेक खेललाई नयाँ खेलका रुपमा हेर्ने र आफ्नो टोलीले एकपछि अर्को खेलमा सुधार गर्दै आएकोले जित्ने आशा रहेको बताएका छन् ।

थ्री स्टार झन्डै डेढ वर्षपछि फुटबलमा फर्कदा कस्तो दाबेदारी प्रस्तुत गर्ला भन्ने चासो थियो । धनगढीमा भएको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपबाट घरेलु फुटबलमा पुनरामगन गरेपछि त्यहाँ दोस्रो खेलमा पराजित भएको थियो । त्यसपछि टोलीले सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी स्मृति इटहरी गोल्ड कपको उपाधि जित्दै पुरानै लयमा फर्कने संकेत गरेको छ । थ्री स्टारका प्रशिक्षक मेघराज केसी आफुहरु एउटा मात्र उपाधि जित्नका लागि मात्र नभई लामो सोचका साथ आएको र फाइनलमा जुन सुकै टोली भए पनि फरक नपर्ने बताएका छन् ।

झापा ११ लाई १–० ले हराउँदै आहा गोल्डकपको यात्रा सुरु गरेको पुलिसले क्वार्टरफाइनलमा मनाङलाई ३–१ ले र सेमिफाइनलमा धरानलाई १–० ले हराएको थियो । थ्री स्टारले फाइनल सम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा एपिएफलाई टाइब्रेकरमा र सेमिफाइनलमा बंगलादेशको उत्तर बरिन्धरालाई ५–० ले हराएको थियो ।

थ्री स्टारका गोलकिपर एलेन न्यौपानेले आहा गोल्ड कपमो यो पटक २ खेल खेल्ने क्रममा अहिले सम्म गोल खाएका छैनन् भने पुलिसका गोलकिपर शत्रुघन चौधरी र एपिएफका अमृतकुमार चाशैधरीको नाममा पनि ३ मध्ये २ खेलमा क्लिनसिट छ । पुलिसका सुमन लामा र थ्री स्टारका विश्वास श्रेष्ठ समान ३ गोलसहित सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा छन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.