default_image

8 years ago

February 3, 2018

आइलिगमा आज विमलले ‘डेब्यू’ गर्ने सम्भावना

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले आज इन्डियन लिग (आइपिएल) मा डेब्यू गर्ने सम्भावना छ । गत साता मात्र उनी आइलिगको चर्चित क्लब मोहन बगानमा आबद्ध भएका थिए ।

 

आइलिगमा आज साँझ ५ः४५ बजे सिलोङ लाजोङको सामना गर्दा विमल खेल्ने सम्भावना रहेको छ । सिलोङबाट राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङले खेलेका थिए । आज विमलले डेब्यू गरेमा यो सिजन आइलिग खेल्ने उनी दोस्रो नेपाली खेलाडी हुनेछन् । केहि साता अघि मिनेर्भामा आबद्ध भएका राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जाङले तीन खेलिखेलिसकेका छन् ।

शुक्रबारको खेलमा भने किरणको टोली चर्लिल ब्रदर्शसँग २–१ ले पराजित भएको थियो । गत साता रुस्लान थ्री स्टारबाट मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको टोलीमा रहेका विमल त्यसपछि मोहन बगानसँग सम्झौता गर्न त्यसतर्फ लागेका थिए ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.