default_image

8 years ago

February 3, 2018

कर्ण लिम्बु बुढासुब्बामा मनाङबाट खेल्दै

121 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर कर्ण लिम्बु २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबाट खेल्ने भएका छन् । आज हुने सिएमजी क्लब संकटासँगको खेलमा झापाका कर्ण उत्रने मनाङका प्रशिक्षक छिरिङ लोप्साङले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन् ।

पोखराको सहारा गोल्डकपको क्वार्टरफाइनलमा नेपाल पुलिससँग स्तब्ध हुँदै धरान पुगेको थियो । संकटा पनि आहा गोल्डकपको पहिलो खेलमा एपिएफसँग पराजित भएर धरान पुगेको थियो । मनाङ र संकटाका प्रशिक्षक दुवैले सफल सुरुवात गर्ने विश्वास लिएका छन् ।

मनाङका प्रशिक्षक लोप्साङ लगातारको प्रतियोगिताले खेलाडी केहि थाके जस्तो भएपछि उच्च मनोबलका साथ बुढासुब्बामा उतर्ने तयारीमा रहेको बताए । ‘लगातारको प्रतियोगिताले खेलाडीमा केहि थकान त छ’, उनले भने, ‘तर, यसअघि वर्क परमिट स्वीकृति पाएपछि दुई विदेशी र कर्ण लिम्बु आज खेल्नेछन् । जसले हामी थप बलियो भएका छौं ।’ इटहरी गोल्डकप र आहा रारा गोल्डकप खेलेका राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर सन्तोष साहुखल भने आजको खेलमा नहुने लोप्साङले जानकारी दिए ।

संकटाका प्रशिक्षक सल्याण खड्गीले तयारी सन्तोषजनक रहेकोले सफल हुने विश्वास गरे । ‘पोखरामा खेले भन्दा दुई विदेशी खेलाडी थपिएका छन्’, उनले भने, ‘त्यसैले सफल नतिजाको आशा राखेका छौं ।’गत वर्ष नकआउटको सर्वाधिक उपाधि जितेको मनाङले यो वर्ष २ वटा उपाधि जितेको थियो भने ३ वटामा उपविजेतामा चित्त बुझाएको थियो ।

मनाङले चितवनमा जेसिज कप र गत महिना दुहवी गोल्डकप जितेको थियो । टोली झापाको सताक्षी गोल्डकप र मेची नेत्रालय काकरभिट्टा गोल्डकप तथा मदन भण्डारी स्मृति इटहरी गोल्डकपको फाइनलमा पराजित भएको थियो । सताक्षी र काकरभिट्टामा त्रिभुवन आर्मी क्लब र इटहरी कपमा रुस्लान थ्री स्टार क्लबसँग पराजित भएको थियो ।

८ टोलीको सहभागिता रहेको बुढासुब्बाको दोस्रो खेलमा आइतबार आयोजक धरान र भारतको दुर्गापुर स्टिलबीच हुनेछ । त्यस्तै सोमबार तेस्रो खेलमा नेपाल पुलिस र झापा ११ ले एकअर्काको सामाना गर्नेछन् । पुलिस शनिबार आहा गोल्डकपको फाइनल खेलेर धरान पुग्नेछ । त्यस्तै आहा गोल्डकपको फाइनल पुगेको अर्को टोली रुस्लान थ्री स्टार क्लबबीच माघ २३ गते हुनेछ ।

मनाङ र संकटाबीचको विजेताले झापा र पुलिसबीचको विजेतासँग माघ २४ गते पहिलो सेमिफाइनल खेल्नेछ । त्यस्तै धरान र दुर्गापुरबीचको विजेताले थ्री स्टार र सुदूरपश्चिम ११ बीचको विजेताको माघ २५ गते सामना गर्नेछ । फाइनल माघ २७ गते हुने आयोजक धरानले जनाएको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.