8 years ago
February 3, 2018
दिपेन्द्र पोखरेल
पोखरा – रुस्लान थ्री स्टार क्लबलाई अतिरिक्त समयमा गोल गर्दै पुलिसले १६ औं आहा-रारा गोल्ड कपको उपाधि जितेको छ । २०५८ को क्याराभान गोल्ड कप सहित छैटौ पटक उपाधि जितेको पुलिस यस प्रतियोगिताको सबै भन्दा सफल टोली बनेको छ ।
लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले ५ पटक यो उपाधि जित्दा थ्री स्टार भने प्रथम पटक फाइनलमा पराजित भएको हो । थ्री स्टारले यस प्रतियोगिताको ४ चोटीको विजेता हो ।
खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन् नसक्दा अतिरिक्त समयको पहिलो हाफमा राम वाजीको गोलमा पुलिसले जित हासिल गरेको हो । खेलको १ सय २ औं मिनेटमा रवीको पासमा निर कुमार राईले ब्याक फ्लिप गर्दै मिलाएको पासमा रामले गोल गरे ।
पहिलो हाफको सुरुआति १० मिनेट खेलमा थ्री स्टार हावी देखिए पनि पुलिसका युवा खेलाडीले राम्रो प्रदर्शन गरे।
आहा रारा र क्याराभान गोल्ड कपका विजेता
२०७४ पुलिस
२०७३ मनाङ
२०७२ मनाङ
२०७१ थ्री स्टार
२०७० सहारा
२०६९ थ्री स्टार
२०६८ मनाङ
२०६७ थ्री स्टार
२०६६ पुलिस
२०६५ पुलिस
२०६४ पुलिस
२०६३ आर्मी
२०६२ अफ्रिकन युनाइटेड
२०६१ मनाङ
२०६० मनाङ
२०५९ पुलिस
२०५८ पुलिस (क्याराभान गोल्ड कप)
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]