default_image

8 years ago

February 3, 2018

संकटासँग पराजित हुँदै मनाङ बुढासुब्बाबाट बाहिरियो

124 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – बुढासुब्बा गोल्ड कपको पहिलो खेलमा संकटासँग १-० ले पराजित हुँदै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लब २० औं बुढासुब्बा रेड्बुल गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । संकटा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

गत साता पोखरामा १६ औं आहा-राराको क्वाटर फाइनलमा प्रतियोगिताको च्याम्पियन नेपाल पुलिस क्लबसँग पराजित भएको मनाङले अर्को प्रतियोगितामा पनि राम्रो गर्न सकेन ।

पोखरामा खेलाएको टोलीमा विदेशी खेलाडी थपेको संकटाले विदेशी खेलाडीको निर्णायक गोलमा नै खेल आफ्नो पक्ष्यमा पारेको हो । अर्नेस्ट टम्पले खेलको एकमात्र गोल ७५ औं मिनेटमा गरेका थिए । उनि खेलको ‘म्यान अफ द म्याच’ भए । प्रतियोगिता अन्तर्गत भोलीको खेलमा आयोजक धरानले भारतको दुर्गापुरको सामना गर्नेछ ।

प्रतियोगिताको खेल तालिका र नतिजा हेर्नुहोस 

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.