8 years ago
February 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय आइलिगमा नेपाली स्ट्राइकर विमल घर्ती मगर हालै आबद्ध भएको टोली मोहन बगानले ३-० को जित दर्ता गरेको छ । मोहन बगानले सिलोङ लाजोङलाई ३-० ले पराजित गर्न सफल रह्यो ।
मोहन बगानका लागि असेर पिएरेक डिपान्डाले पहिलो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्तिम मिनेटतिर अक्रम मोग्राबि र सिख फायाजले थप दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
इन्जुरी समयको दोस्रो मिनेटमा मैदान भित्रेका विमलले गोल गर्ने एक अवसर पाएका थिए । तर विमलको पोस्टमा गरेको प्रहार विपक्षी गोलकिपरले छेकेका थिए ।
यस जितसँगै मोहन बगान तालिकाको तेस्रो स्थानमा रहेको छ । मोहन बगानको १२ खेलमा २० अंक रहेको छ भने पहिलो स्थानको मिनरेभा पञ्जाबको उत्तिकै खेलमा २६ अंक रहेको छ । मिनरेभा पञ्जाबमा हालै नेपाली राष्ट्रिय टोलीका गोलकिपर आबद्ध भएका हुन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]