default_image

8 years ago

February 3, 2018

मेयर कप फुटबलः उपाधिको लागि पोखरा लेखनाथ र वालिङ भिड्ने

98 views

0 Bookmark

बागलुङ (हाम्रो खेलकुद) – बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबलको उपाधिको लागि कास्कीको पोखरा लेखनाथ महानगरपालिका र स्याङजाको वालिङ नगरपालिका भिड्ने भएका छन् ।

शनिबार बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा भएका सेमिफाइनल खेलमा पोखरा लेखनाथ महानगरले गोरखा नगरपालिकालाई ८–१ को भारी गोलअन्तरले र वालिङ नगरपालिकाले तनहुँको व्यास नगरपालिकालाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।

एक पक्षिय भएको पहिलो सेमिफाइनल खेलमा पोखरा लेखनाथले खेलको २५ औं मिनेटमा कप्तान उत्तम गुरुङको गोलबाट खाता खोलेको थियो । पोखरालाई भारी गोलअन्तरले विजयी गराउने क्रममा विजय श्रेष्ठले ह्याट्रिक गोल गरे । उनले खेलको ३३ औं, ४४ औं र ६० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

यस्तै पोखराको लागि खेलको ३९ औं र ४८ औं मिनेटमा भिषन गुरुङले गोल गरेका थिए भने खेलको ५५ औं मिनेटमा मैदान प्रवेश गरेका बालप्रसाद गुरुङले ७८ औं र खेलको अतिरिक्त समयको ९२ औं मिनेटमा गोल गरेका थिए । गोखराको लागि एक मात्र गोल खेलको ७९ औं मिनेटमा सुदिप बस्नेतले गोल गरेका थिए ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा तनहुँको व्यास नगरपालिकालाई १–० गोलअन्तरले पराजित गर्दै स्याङजाको वालिङ नगरपालिका फाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको एक मात्र गोल वालिङका स्ट्राईकर सुरज हमाल ५५ औं मिनेटमा गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुवै पक्षबाट केही राम्रो प्रहारहरु विफल भएका थिए । खेलमा व्यासको २ प्रहार बारमा लागेको थियो । खेलको ६२ औं मिनेटमा व्यासका दिपेश आले मगरले प्रहार गरेको बल बारमा लागेर बाहिरिएको थियो भने ८० औं मिनेटमा पनि उनकै प्रहार बारमा लागेको थियो ।

खेलको ६९ औं मिनेटमा व्यासका स्ट्राईकर दिपेश आले मगरलाई वालिङका डिफेन्डर मंगल रानाले डिबक्समा फल गरेपछि पाएको पेनाल्टी विफल भएको थियो ।

व्यासका प्रेम आले मगरले प्रहार गरेको पेनाल्टी वालिङका गोलरक्षक राजा बाबु थापाले विफल पारिदिएका हुन् । बागलुङ नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला फुटबल संघ बागलुङको व्यवस्थापनमा नकआउटका आधारमा संचालित प्रतियोगितामा प्रदेशका ११ नगरपालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल आईतबार हुनेछ ।

मेयर कपको विजेता टोलीले २ लाख २२ हजार २ सय २२ तथा दोस्रो हुने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० तथा उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले सम्मान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.