default_image

8 years ago

February 4, 2018

आहा रारा गोल्डकपको फाइनलमा १४ लाखको टिकट बिक्री

98 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – हालै पोखरामा सम्पन्न १६ औं आहा रारा गोल्डकपको फाइनलमा करिब १४ लाखको टिकट बिक्रि भएको जनाइएको छ ।

Nepal Police Club

पुलिस विरुद्ध थ्री स्टार बीच फाइनल खेलमा ९ हजार ४ सय ५३ टिकट बिक्रि भएको थियो । पास टिकटसहित करिब १२ हजार दर्शकले फाइनल खेल रंगशालामा हेरेका थिए ।

फाइनलमा टिकट दर १ सय ५० रुपैयां राखिएको थियो । फाइनल खेलमा मात्र १४ लाख १७ हजार ९ सय ५० रुपैयांको टिकट बिक्रि भएको प्रेस को-अर्डिनेटर सुदर्शन रन्जितले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगिता भरी टिकटबाट कुल ३३ लाख ५० हजार ६ सय ८५ रुपैयां संकलन भएको समेत को-अर्डिनेटर रन्जितले जानकारी दिए ।

रुस्लान थ्री स्टार क्लबलाई अतिरिक्त समयमा गोल गर्दै पुलिसले १६ औं आहा-रारा गोल्ड कपको उपाधि जितेको हो । अतिरिक्त समयको पहिलो हाफमा राम वाजीको गोलमा पुलिसले जित हासिल गरेको थियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.