8 years ago
February 4, 2018
अर्जुन कार्की
बागलुङ – बागलुङ नगरपालिकाको आयोजनामा सञ्चालित प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबलको उपाधि स्याङजाको वालिङ नगरपालिकाले जितेको छ ।
आइतबार बागलुङको बाङ्गेचौर खेल मैदानमा भएको फाइनल खेलमा पोखरा लेखनाथ महानगरपालिका कास्कीलाई १–० गोलअन्तरले पराजित गर्दै वालिङले उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको एक मात्र गोल वालिङका सफल थापाले गरेका थिए । उनले खेलको पहिलो मिनेटमै अजिज दिन मियाँले गोलकिपरलाई विट गर्दै निकालेको उत्कृष्ट पासमा गोल गरेका थिए । उनको उक्त गोल नै खेलमा निर्णायक बन्यो
एक गोलले पछि परे पनि खेल अवधिभर पोखराले वालिङको गोलपोष्टमा निरन्तर प्रहार गरि रह्यो । पोखराले खेलको २३ औं मिनेटमा डिबक्स भन्दा केही बाहिर पाएको फ्रिकिकमा उत्तम गुरुङको प्रहार गोलरक्षक थापाले बचाऊ गरे । यस्तै खेलको ३९ औं मिनेटमा पोखराका त्रिदेव गुरुङ र पहिलो हाफको अतिरिक्त समयमो दोस्रो मिनेटमा लक्ष्मण जिसीको प्रहार वालिङका गोरक्षकले फेरी विफल पारिदिएका थिए । खेलको ७९ औं मिनेटमा वालिङका कप्तान लक्ष्मण रुचाल र पोखराका अञ्जान देसवकोटाले दोहोरो पहेलो कार्ड सहित रेडकार्ड खाँदै बाहिरिदिएका थिए ।
वालिङ नगरपालिका स्याङजाले ट्रफि सहित नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्यो भने उपाविजेतामा चित्त बुझाएको पोखरा लेखनाथ महानगरपालिकाले ट्रफि सहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वालिङका गोलरक्षक राजाबाबु थापा घोषित हुँदै नगद १० हजार प्राप्त गरे । उनले प्रतियोगितामा कुनै गोल खाएनन् । यस्तै उच्च गोलकर्ता पोखरा लेखनाथका भिषण गुरुङ, उत्कृष्ट स्ट्राईकर पोखराका विजय श्रेष्ठ, मिडफिल्डर पोखराका टंक प्रसाद गुरुङ, उत्कृष्ट डिफेन्डर पोखराका लक्ष्मण जिसी, उत्कृष्ट गोलरक्षक पोखराका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक वालिङका प्रशिक्षक केशर थापा र अनुशासित टिम व्यास नगरपालिका तनहुँ घोषित भएको थियो ।
खेलपछि बोल्दै वालिङ नगरपालिकाका प्रशिक्षक केशर थापाले आफुहरु रणनीति अनुसार खेलेकाले जित सम्भव भएको बताए । उनले सेमिफाइनलको जितपछि फाइनलको लागि पहिलेबाट काउन्टर आक्रमण गर्ने र पोखराको कमजोरीको फाईदा उठाउने रणनीति बनाएको र त्यो सफल भएको बताए । प्रशिक्षक थापाले खेल अवधिभर पोखराको टिमले उत्कृष्ट खेल प्रस्तुत गरेको बताए ।
यस्तै पोखराका प्रशिक्षक पलाद हिराचनले रेफ्रिको कमजोर निर्णयले हार व्यहोर्नुपरेको बताए । उनले आफ्ना खेलाडीहरुको गल्ती नहुँदा पनि रेफ्रिले गल्ती दिएको भन्दै आक्रोस पोखे । प्रतियोगिताको व्यवस्थापन जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला खेलकुद विकास समिति बागलुङले गरेका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]