default_image

6 years ago

February 12, 2018

विमलको असिस्ट तर मोहन बगान पराजित

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय आइलिगमा मोहन बगान गोकुलमसँग २-१ ले पराजित भएको छ । दोस्रो हाफमा मैदान प्रवेश गरेका विमल घर्ती मगरले आज टोलीका लागि असिस्ट दर्ता गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । मोहन बगान र गोकुलमको पहिलो हाफ गोलरहित टुङ्गिए पनि दोस्रो हाफमा ३ गोल सम्भव भए । खेलको ७६ औं मिनेटमा […]

20 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय आइलिगमा मोहन बगान गोकुलमसँग २-१ ले पराजित भएको छ । दोस्रो हाफमा मैदान प्रवेश गरेका विमल घर्ती मगरले आज टोलीका लागि असिस्ट दर्ता गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

मोहन बगान र गोकुलमको पहिलो हाफ गोलरहित टुङ्गिए पनि दोस्रो हाफमा ३ गोल सम्भव भए । खेलको ७६ औं मिनेटमा गोकुलमका अहमद अल अज्मीले टोलीलाई अग्रता दिलाएका थिए ।

तर ६५ औं मिनेटमा परिवर्तित खेलाडिका रुपमा आएका विमलले असेर डिपान्डालाई ७८ औं मिनेटमा असिस्ट दिँदै टोलीलाई खेलमा फर्काउन मद्दत गरे । तर खेलको अन्तिम मिनेटमा गोकुलमका हेनरी किसेकाले गोल गर्दै मोहन बगानलाई निराश बनाएका थिए ।

यस जितसँगै गोकुलम अन्तिम स्थानबाट नवौं स्थानमा उक्लेको छ भने मोहन बगान चौथो स्थानमा यथावत् रहेको छ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.