8 years ago
February 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसीले हिरो इन्डियन लिग (आइ लिग) मा मंगलबार इष्ट बंगालको सामना गर्दैछ । मिनेर्भाको मैदानमा खेल भारतीय समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
१३ खेलको समाप्तीमा २९ अंकसहित मिनेर्भा शीर्षस्थानमा छ भने तेस्रो स्थानको इष्ट बंगालको २३ अंक छ । १५ खेलमा निरोकाको २८ अंक छ । अर्का नेपाली टोलीका स्ट्राइकर विमल घर्तीमगरको टोली मोहन बगान भने २१ अंकका साथ चौथो स्थानमा छ । विमलको टोली सोमबार गोकुलमसँग २–१ ले पराजित भएको थियो ।
किरण मिनेर्भा गएयता टोलीको यो पाँचौं खेल हो । सुरुका तीन खेलमा रहेका किरण यसअघि सिलोङ लाजोङसँगको खेलमा भने बेन्चमा थिए । लोजोङलाई मिनेर्भाले ३–२ ले हराएको थियो । किरणको डेब्यूमा निरोकालाई १–० ले हराएको मिनेर्भा त्यसपछिको खेलमा इष्ट बंगालसँग २–२ को बराबरीमा रोकिएको थियो । त्यसपछिको चर्चिल ब्रदर्शसँगको खेल भने मिनेर्भाले २–१ ले गुमाएको थियो ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]