default_image

8 years ago

February 15, 2018

च्याम्पियन्स लिग – एउटै क्लबमा रोनाल्डो सर्वाधिक गोल गर्ने पहिलो खेलाडी

106 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रानाल्डोले गए राती पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध २ गोल गर्दा उनको टोलीले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा ३–१ को जित निकालेको छ । च्याम्पियन्स लिगमा रियलबाट रोनाल्डोको गोल संख्या १ सय १ पुगेको छ । च्याम्पियन्स लिगमा १ सय गोल त्यो पनि एउटै क्लबबाट पुरा गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

पहिलो पेनाल्टी र दोस्रो नजिकबाट उनले पिएसजीविरुद्ध गोल गरेका थिए । रियलका लागि मात्र च्याम्पियन्स लिगमा १ सय १ गोल पुगेको छ भने समग्रमा १ सय १६ गोल भएको हो । उनको महत्वपूर्ण भूमिकाका कै कारण रियलमा उनले लगातार दुईसहित तीन पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् ।

लियोनल मेस्सी दोस्रो स्थानमा छन् । उनले बार्सिलोनाका लागि ९७ गोल गरिसकेका छन् । मेस्सीको नाममा भने एउटै क्लबका लागि सबै प्रतियोगितामा गरि सबैभन्दा बढी गोल गर्ने कीर्तिमान छ । च्याम्पियन्स लिगमा भने उनी रोनाल्डो भन्दा १९ गोलले पछाडी छन् । यद्दपी रोनाल्डो भन्दा ३ वर्ष कान्छा मेस्सीले सन्यास लिने समयसम्म उनको कीर्तिमानलाई बराबरी गर्ने वा उछिन्ने सम्भावना पनि छ ।

एउटै क्लबबाट सर्वाधिक गोल गर्नेमा राउल तेस्रो स्थानमा छन् । १८ वर्ष रियलमा बस्दा उनले ६६ गोल गरेका थिए । त्यसपछि साल्केका लागि अर्को ५ गोल थपे । अलेसान्द्रो डेल पिर्लोले युभेन्ट्सका लागि ४२ गोल गरे जसले उनलाई सर्वाधिक गोल गर्ने शीर्ष १० मा पारेको छ । रियलका लागि ४१ गोल गरेका करिम बेन्जेमा पाँचौ स्थानमा छन् । त्यसअघि बेन्जेमाले लियोनका लागि १२ गोल गरेका थिए, समग्रमा उनका नाममा ५३ गोल छ ।

थोमस मुलरले बायर्न म्युनिखका लागि ४० च्याम्पियन्स लिग गोल गरेका थिए । चेल्सीबाट खेलेका डिडियर ड्रोग्बाले ४४ गोल गरेका छन् । एउकै क्लबबाट च्याम्पियन्स लिग गोल गर्नेमा भने ड्रोग्बा(३६) सातौं स्थानमा छन् । रुडभान निस्टल रोय र थेअरी हेनरी च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा छैटौं स्थानमा छन् भने एउटै क्लबबाट गोल गर्नेमा भने संयुक्त रुपमा आठौंमा छन् ।

आर्सनलबाट खेल्दा हेनरी र भान निस्टलरोयले म्यानचेस्टर युनाइटेडका लागि समान ३५ गोल गरेका छन् । वायने रुनीले सम्भवन अब अर्को च्याम्पियन्स लिग खेल्नेछन् । तर पनि १३ वर्ष युनाइटेडमा बस्दा उनले ३० गोल गरेका छन्, जसले उनलाई सर्वाधिक गोल गर्नेको सुचिमा शीर्ष १० मा पारेको छ । त्यो दौरान उनले एउटा च्याम्पियन्स लिग उपाधि पनि जितेका थिए ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.