8 years ago
February 15, 2018
म्युनिख (एजेन्सी)– जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले रियल म्याड्रिडका स्टार हामेस रोड्रिगेजलाई स्थायी रुपमै क्लबमा राख्ने इच्छा देखाएको छ । लोनमा रहेका रोड्रिगेजले क्लबमा उच्च प्रदर्शन गरिरहेका कारण म्युनिख उनलाई लामो समय आफ्नै टोलीमा राख्न चाहेको हो ।
कोलम्बियन स्टार सिजनको सुरुआतमा २ वर्षका लागि रियलबाट लोनमा म्युनिख पुगेका थिए । त्यहाँ पुगेयता २४ खेल खेल्ने क्रममा क्लबलाई प्रभावित गरेका छन् । बायर्नसँग उनलाई स्थायी रुपमा आफ्नो सदस्य बनाउने विकल्प पनि छ । त्यसका लागि टोलीले ३५ मिलियन युरो रियललाई तिर्नुपर्ने हुन्छ । जसरी उनी प्रतिको चासो बढेको छ त्यस हिसाबले उनी ढिलो चाडो टोलीको स्थायी सदस्य बन्ने देखिन्छ ।
जर्मन टोलीले सुरुमा रियललाई १० मिलियन युरो तिर्ने सहमतिमा दुई वर्षको लोन सम्झौता गरेको थियो । यस बीचमा सहमति भन्दा फरक गर्न परेमा ३५ मिलियन युरो र त्यसमा ८ मिलियन पारिश्रमिक थप्ने पनि उल्लेख गरिएको थियो । मोनाकोबाट सन् २०१४ मा रियल पुगेका रोड्रिगेजले जिनेदिन जिदानको टोलीमा पनि उच्च प्रदर्शन गरेका थिए । तर, अहिलेको प्रणालीमा उनी नसमेटिएपछि उनी जर्मनी लागेका थिए ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]