8 years ago
February 17, 2018
लण्डन (एजेन्सी) – ब्राजिलका प्रशिक्षक टिटेले विश्वकपमा आफ्नो रोजाईका १५ खेलाडि हालै घोषणा गरेका छन् । त्यस्तै ती नाम्हरुमध्ये उनले सुरुवाती ११ मा आफुले को-को राख्ने त्यो पनि जानकारी दिएका छन् ।
अघिल्लो विश्वकपमा ब्राजिल निराशजनक तरिकाले सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित हुँदै बाहिरिएको थियो । त्यो सम्झना बिर्सँदै २०१८ रुस विश्वकपमा ब्राजिलले आफुलाई बलियो रुपमा प्रस्तुत गर्ने होडमा छ । फुटबल विश्लेषकहरुले जर्मनी, फ्रान्ससँगै ब्राजिललाई उपाधि दाबेदारका रुपमा लिएको पनि छ ।
यस बीचमा ब्राजिलियन प्रशिक्षकले आफ्नो रोजाईको सुरुवाति ११ घोषणा गर्दा सो चर्चाको विषय पनि बनेको छ । प्रशंसकहरुले उनको रोजाईलाई मुल्याङ्कन गरी हाल्न पनि समय खर्चेका छैनन् ।
प्रशिक्षकका अनुसार गोलकिपरको स्थानमा उनले रोमाका एलिसनलाई खेलाउने छन् । यस सिजन एलिसनले उच्च प्रदर्शन गर्दै आकर्षक बचाऊहरु गरेका छन् । केहि प्रशंसकहरु भने म्यानचेस्टर सिटीका एडरसन उनको स्थानमा हुनु पर्ने तर्क गरिरहेका छन् ।
त्यस्तै डिफेन्समा रियल म्याड्रिडका मार्सेलो, इन्टर मिलनका मिरान्डा, पिएसजीका मार्क्युनोस र ड्यानी एल्भेस हुनेछन् । यसैगरी थियागो सिल्भाले भने प्रशिक्षकको रोजाईको टोलीमा स्थान पाएका छैनन् । सिल्भा रियल म्याड्रिडविरुद्ध को च्याम्पियन्स लिग खेलमा पनि सहभागी थिएनन् ।
त्यस्तै मिडफिल्डमा रियलकै क्यासेमिरो, बार्सिलोनाका पौलिन्हो र चाइनिज गुआनोका रेनाटो अगस्टो रोजाईमा परेका छन् । चेल्सीका विलियन र सिटीका फर्नान्डिन्हो भने अहिलेसम्म प्रशिक्षकको पहिलो रोजाईमा नरहेको बुझ्न सकिन्छ ।
त्यस्तै प्रशिक्षकको १५ जनाको सुचीमा पिएसजीका नेयमार, बार्सिलोनाका फिलिप कौटिन्हो, सिटीका ग्याब्रियल जेसस र लिभरपुलका फिर्मिनो जस्ता विश्वस्तरिय फरवार्डहरु छन् । तर ४-३-३ फर्मेसन खेलाउने भएकाले सो ४ खेलाडिमध्ये तीनले मात्र सुरुवाती ११ म ठाउँँ पाउनेछन् ।
अहिलेका लागि नेयमार, कौटिन्हो र जेसस आफ्नो पहिलो रोजाई रहेको प्रशिक्षक टिटेले खुलाएका छन् । तर फिर्मिनो यस सिजन आकर्षक लयमा छन् र जेसस चोटका कारण मैदान बाहिर छन् । फिर्मिनोले आफ्नो लयलाई निरन्तरता दिए पक्कै उनले प्रशिक्षकको नजरमा आफूलाई पहिलो रोजाईमा स्थापित गर्ने छन् ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]