default_image

8 years ago

February 18, 2018

बार्सिलोनाको जित, मेस्सीको कीर्तिमान

129 views

0 Bookmark

इबार (एजेन्सी)– लियोन मेस्सीका नाममा स्पेनिस फुटबलमा थुप्रै कीर्तिमान छन् । बार्सिलोनालाई सफलता दिलाउने क्रममा उनले हरेक वर्ष केहि न केहि कीर्तिमान बनाएकै छन् । तर, विपक्षी पोष्टमा गरेको आक्रमण सबैभन्दा बढी असफल पनि उनकै नाममा रहेको छ ।

गोल गर्नेमा उनले पटक पटक कीर्तिमान बनाएका छन् । त्यस्तै मौका गुमाउनेमा पनि उनी अगाडी छन् । स्पेनिस ला लिगामा शनिबार इबारलाई २–० ले हराउँदै मेस्सी गोल गर्ने अवसर गुमाएका थिए ।

पाँच पटकका बालोन डी ओर विजेता मेस्सीको शनिबारको खेलपछि यो सिजन गोलपोष्टमा लागेर गोल हुन नसकेको संख्याको कीर्तिमान बनेको छ । शनिबारको खेल सम्म उनका १४ प्रहार पोष्टमा लागेर फर्केका छन् । जुन सन् २०११/१२ मा उनले राखेको कीर्तिमानको बराबरी हो ।
ला लिगाका पछिल्ला तीन खेलमा मेस्सी गोल विहिन रहँदै आएका छन् । यद्दपी २० गोलका साथ मेस्सी नै शीर्षस्थानमा छन् । मेस्सीले मात्र होइन शनिबारको जितसँगै टोलीका प्रशिक्षक इर्नेस्टो भाल्र्भेडेले पनि अपराजित यात्रामा यसअघि पेप ग्वार्डिओलाले राखेको कीर्तिमानसँग बराबरी गरेका छन् ।

लुइस स्वारेज र जोर्डी अल्बाको गोलबाट बार्सिलोना शनिबारको खेलमा विजयी भएको थियो । त्यो जितसँगै टोलीले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई १० अंकले पछाडी पारेको छ । यद्दपी आज हुने खेलमा टोलीले बार्सिलोनासँगको दुरीलाई पुन छोट्टाउन सक्नेछ ।

बार्सिलोनाको अपराजित खेलसंख्या ३१ पुगेको छ । २०११ म पनि त्यस्तै लामो अपराजित यात्रा तय गरेको ग्वार्डिओलको नेतृत्वमा टोलीले त्यो सिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो ।

ला लिगाका अन्य खेलमा सेभिल्ला, अल्भेस र भ्यालेन्सिया विजयी भएका छन् । सेभिल्लाले लस पालमासलाई २-१ , अल्भेसले डेपोर्टिभो ला कुरुनालाई १-० र भ्यालेन्सियाले मालागालाई २-१ ले हराएको थियो ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.