8 years ago
February 18, 2018
पेरिस (एजेन्सी) – गए राति फ्रान्सेली लिग १ मा पेरिस सेन्ट जर्मन (पिएसजी) ले स्ट्रासबर्गलाई ५-२ ले हराएको छ । पिएसजीको जितमा एडिन्सन काभानीले २ गोल गरे ।
खेलको छैटौं मिनेटमा पाहुना टोली स्ट्रासबर्गले खेलमा जिन अहुलुको गोलमार्फत अग्रता लिएको थियो । तर जुलियन ड्राक्सलरको दसौं मिनेटको गोलमा पिएसजीले खेल बराबरी पार्न सफल भयो । नेयमार र डि मारियाले खेलको २१ औं र २२ औं मिनेटमा गोल गर्दै स्कोर ३-१ बनाएका थिए ।
त्यस्तै दोस्रो हाफको ६७ औं मिनेटमा स्टेफेन बोहाकेनले पाहुना टोलीका लागि फेरि एक गोल फर्काउदै खेलमा फर्किने संकेत दिएको थियो । तर एडिन्सन काभानीले ७२ औं र ७९ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित पारे ।
यस जितसँगै पिएसजीको २६ खेलमा ६८ अंक रहेको छ । दोस्रोमा रहेको मोनाकोभन्दा पिएसजीको १२ अंक धेरै छ । त्यस्तै स्ट्रासबर्ग भने १४ औं स्थानमा रहेको छ ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]