8 years ago
February 18, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका पूर्व स्टार खेलाडि जाभी हर्नान्डेजले हालै सम्पन्न रियल विरुद्ध पिएसजीको च्याम्पियन्स लिग खेलमा नेयमारको प्रदर्शन क्रिस्टियानो रोनाल्डोभन्दा राम्रो रहेको बताएका छन् । सो खेलमा रोनाल्डोले २ गोल गर्दा रियलले पिएसजीलाई ३-१ ले हराएको थियो ।
३७ वर्षीय जाभीले सो फुट पत्रिकासँगको अन्तर्वार्तामा भने,”क्रिस्टियानो त्यस खेलमा नेयमारभन्दा राम्रो थिए भनियो । तर रोनाल्डोले पेनाल्टि गोल र घुंडाले गोल गर्नु बाहेक खेलमा के गरे र? अर्को तर्फ नेयमारले कैयौं अवसर सिर्जना गरे र उनको काउन्टर अट्याकले रियल पनि भयभित भएको थियो ।”
जाभीको यस्तो प्रतिक्रियाले रियलका प्रशंसकहरुलाई पनि खुशी बनाउने पक्कै छैन । पहिले पनि जाभीले लियोनल मेस्सी रोनाल्डोभन्दा राम्रो रहेको बताउंदै रियल समर्थकमाझ नराम्रो छवि छोडेका छन् ।”
रोनाल्डो यस सिजन लिगमा आशा गरिएको जस्तो लयमा छैनन् तर च्याम्पियन्स लिगमा उनको प्रदर्शनहरुले भने निकै प्रशंसा पाएको छ । अर्को तर्फ फ्रान्सेली लिग १ मा शानदार लयमा रहेका नेयमारले रियलविरुद्धको महत्त्वपूर्ण खेलमा प्रभावकारी प्रदर्शन दिन नसकेको आलोचना आएको छ ।
रियल र पिएसजी अब मार्च ६ मा पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्समा भिड्ने छन् ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]