8 years ago
February 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार विक्रम लामा नौं दिनपछि सोमबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन् । माघ २७ गते नेपाल पुलिस क्लबसँग बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल्दा विक्रमको दाहिने खुट्टा भाच्चिएको थियो ।
सोही दिन ग्राण्डी भर्ना भएका विक्रमको माघ २८ गते विहान अर्थोपेडिक सर्जन तथा ग्राण्डीका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेको नेतृत्वमा शल्यक्रिया भएको थियो । शल्यक्रियाको भोली पल्टबाट विक्रमको फिजियोथेरापी सुरु गरिएको थियो ।
हाल उनको घाउ निको हुँदै गएको र वैशाखीको सहायतामा हिँडडुल गर्न सक्ने अवस्था रहेकोले उनलाई डिस्चार्ज गरीएको डा. पाण्डेले जनाएको ग्राण्डीले सोमबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विक्रमलाई मैदानमा फर्कन ६ देखि ८ महिना लाग्ने बताइएको छ ।
डिस्चाजइका क्रममा विक्रमले उत्कृष्ट उपचार पाएकोमा डा.पाण्डे उनको टोली र ग्राण्डी अस्तपाललाई आभार व्यक्त गरेका छन् । पछिल्ला पाँच बर्षमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले थुप्रै खेलाडीको सफल उपचार गरिसकेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]