8 years ago
February 20, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिगमा (आइ लिग) मंगलबार गोकुलमको सामना गर्दैछ । खेल भारतीय समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
इष्ट बंगालसँगको अघिल्लो खेलमा १–० ले हार बेहोरेको मिनेर्भा आजको खेलमा सफलता प्राप्त गर्न सके पुनः आइलिगको शीर्षस्थानमा उक्लनेछ । शीर्षस्थानको नेरोकाभन्दा ३ खेल खेलेको मिनेर्भाको २९ अंक छ । १७ खेलमा नेरोकाको ३१ अंक छ ।
१० टोलीको सहभागिता रहेको आइ लिगमा इष्ट बंगाल २६ अंकसहित तेस्रो र नेपाली फरवार्ड विमल घर्ती मगर सम्मिलित मोहन बगान २४ अंकसहित चौथो स्थानमा छ । १६ अंक जोडेको गोकुलम आठौं स्थानमा छ ।
किरण इष्ट बंगालसँगको खेलमा पहिलो रोजाइमा पर्न सकेका थिएनन् । गोल खाएलगत्तै मिनेर्भाले राक्सित डागरको ठाँउमा किरणलाई मैदान उतारेको थियो । किरण मिनेर्भा गएयता टोलीको यो छैटौं खेल हो ।
सुरुका तीन खेलमा पहिलो रोजाइमा रहेका किरण सिलोङ लाजोङसँगको खेलमा भने बेन्चमा थिए । लोजोङलाई मिनेर्भाले ३–२ ले हराएको थियो । किरणको डेब्यूमा निरोकालाई १–० ले हराएको मिनेर्भा त्यसपछिको खेलमा इष्ट बंगालसँग २–२ को बराबरीमा रोकिएको थियो । त्यसपछिको चर्चिल ब्रदर्शसँगको खेल भने मिनेर्भाले २–१ ले गुमाएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]