8 years ago
February 20, 2018
विनोदबाबु रिजाल
चितवन– ए डिभिजन टोली फ्रेण्ड्सले विकास रनिङ शिल्ड अन्तर्रा्ष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । हेटौंडाको विजय युथ क्लबलाई मंगलबार १–० ले हराउँदै फ्रेण्ड्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । फ्रेन्ड्सले क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

जोनल ग्यारीले २९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । म्यान अफ दी म्याच घोषित भएका ग्यारीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसअघि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गरे । दाहालले क्याम्पाचौरमा मिनी रंगशाला बनाउन पहल गर्ने प्रतिबद्धता जनाए ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई ठूला कम्युनिष्ट पार्टी एक भएकाले अब राजनीतिक स्थायित्व र आर्थिक विकाससँगै खेलकुद क्षेत्रको पनि विकास हुने बताए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी नामाकरण गरिने सोमबार सहमति भएको थियो ।
१२ टोलीको सहभागिता रहेको विकास रनिङ शिल्डको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउने प्रतियोगिताको क्वार्टरफाइनल पुग्ने टोलीले बोनस स्वरुप १० हजार रुपैयाँ पाउने विकास शिल्ड समितिका अध्यक्ष श्याम पियाले जानकारी दिए ।
विकास रनिङ शिल्डमा बुधबारको खेल
नारायणगढ फुटबल क्लबविरुद्ध एन्फा एकाडेमी
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]