default_image

8 years ago

February 21, 2018

एनएफसी नारायणगढ सडन डेथमा विजयी

140 views

0 Bookmark

विनोदबाबु रिजाल
चितवन– एन्फा एकेडेमीको यु–१९ टोलीलाई पराजित गर्दै नारायणगढ फुटबल क्लब ९एनएफसी० नारायणगढको क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सडन डेथमा को जित निकाल्दै एनएफसीले अन्तिम ८ को यात्रा तय गरेको हो ।

निर्धारित समयको खेलमा कुनैपनि गोल हुन नसकेपछि गरिएको पेनाल्टी सुटुआउटमा पनि ३–३ को बराबरी भएको थियो । टाइब्रेकरमा २ गोलले अघि रहेको बेला एन्फाका सञ्जीव अर्याल र रोशन रानामगरले लगातारको प्रहार मिस गरे । तर, नारायणगढका राजेश परियारले सुन्दर गरेपछि खेल ३–३ को बराबरीमा पुग्यो ।

त्यसअघि एन्फाका पदम भट्टराई, रोशन दोङ र असिम गुरुङले लगातार गोल गरेका थिए । नारायणगढका सुदन महतो र पुकार आलेले गोल गरेपनि सविन विडारी र अमृत श्रेष्ठको प्रहार गोल हुन सकेन । त्यसपछि सडन डेथमा नारायणगढका यदु सिलवालले हानेको गोललाई एन्फाका अशोक किङरिङले बराबरी गरे । तर, त्यसपछि नारायणगढका कप्तान कुशल श्रेष्ठले गोल गरेपनि एन्फाका अञ्जल महर्जनले गोल गर्न नसकेपछि एन्फाले खेल गुमायो ।

खेल अवधिभर सुन्दर बचाउ गरेका एन्फाका गोलकिपर विशाल सुनार म्यान अफ दी म्याच घोषित भए । उनलाई पूर्वखेलाडी तथा वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठले १० हजार पुरस्कार प्रदान गरे । प्रतियोगितामा बिहीबार विभागिय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र चितवनको अर्को टोली भरतपुर फुटबल क्लब (बीएफसी) बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कूल १२ टिमको सहभागिता छ ।

चितवनकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । दर्शकको सहजताको लागि मैदानमा प्याराफिटको व्यवस्था गरिएको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.