8 years ago
February 22, 2018
पेरिस (एजेन्सी) – आर्सनल तथा बार्सिलोनाका पूर्व खेलाडी थिएरी हेनरीले नेयमार लियोनल मेस्सीको छायाँबाट निस्किन उनले अर्कै खेल रोज्नु पर्ने बताएका छन् ।
नेयमार यस सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन (पिएसजी) लागेका हुन् । मेस्सीको छायाँमा परेको र व्यक्तिगत उपाधिहरु जित्न नसकेको कारणले नै नेयमारले बार्सिलोना छोडेको बुझिएको छ ।
तर फ्रान्सका महान् खेलाडी हेनरीले पिएसजीमा पनि नेयमार मेस्सीकै छायाँमा रहने बताए । हेनरीले इंग्लिस पत्रिका मिररसँगको अन्तर्वार्तामा बताए,” नेयमार मेस्सीको छायाँमा नपर्न पिएसजी गए, तर फुटबलमा सबै खेलाडी मेस्सीको छायाँमा छन् । यदी मेस्सीको छायाँबाट जोगिने हो भने नेयमारले अरु नै कुनै खेल रोज्नुपर्छ ।”
अघिल्लो साता नेयमार सम्मिलित पिएसजीले रियल म्याड्रिडसँग हार बेहोरेको थियो । नेयमारले खेलमा प्रभाव बनाउन नसकेको पनि आलोचना पाए । अब दोस्रो लेगमा नेयमारको प्रदर्शन कस्तो हुने हो सबैले अपेक्षा गरिरहेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]