8 years ago
February 23, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका स्टार गोलकिपर डेभिड डे गेयालाई केहि सिजनदेखि समाचारहरुले रियल म्याड्रिडसँग जोडिरहेको छ । यसबीच उनको सरुवामा अहिले ठूलो मोड आएको छ ।
डे गेयालाई अहिले विश्व फुटबलमा नम्बर १ गोलकिपर मानिन्छ । कारण, उनको निरन्तरको उच्च प्रदर्शन जुन उनले यसै साता सेभियाविरुद्ध च्याम्पियन्स लिगमा पनि देखाए ।
यसै कारण साविक च्याम्पियन्स लिग तथा ला लिगा विजेता रियल म्याड्रिड डे गेयालाई भित्राउन इच्छुक रहेको छ । तर अहिले उनको यस सरुवामा नयाँ खुलासा आएको छ ।
इएसपिएनका अनुसार म्यानचेस्टर युनाइटेडले डे गेयालाई नयाँ सम्झौतामा बाध्न गइरहेको छ र युनाइटेड यसो गर्न सफल रहे उनी कम्तीमा अझै ५ वर्ष सोही क्लबमा रहने छन् ।
डे गेया सन् २०१५ मा रियल जान एकदमै नजिक थिए र त्यसपछि उनको रियल जाने चर्चा झन भन्दा झन बढ्दै छ । २०११ मा युनाइटेड आएका डे गेयाले त्यहाँ प्रिमियर लिग, एफए कप र युरोपा लिग जितिसकेका छन् । तर च्याम्पियन्स लिगको सपना पुरा गर्न उनी रियल जान सक्ने अनुमान गरिएको छ ।
रियल डे गेयालाई लिएर कति गम्भीर छ र कति छिटो प्रतिक्रिया जनाउँछ त्यसमा उनको सरुवामा ठूलो असर गर्ने छ । युनाइटेडसँग डे गेयाले सम्झौतामा हस्ताक्षर गरिहाले भने रियल डे गेया जस्ता प्रभावशाली गोलकिपरबाट बञ्चित हुने छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]