8 years ago
February 23, 2018
नियोन (एजेन्सी) – युएफा युरोपा लिगको अन्तिम १६ को ड्र आज सार्वजनिक भएको छ । ८ खेलमध्ये सबैभन्दा रोमाञ्चक पूर्व च्याम्पियन्स लिग उपविजेता आर्सनल र ७ पटकको च्याम्पियन्स लिग विजेता एसी मिलानको भिडन्तलाई लिइएको छ ।
गए राति स्वीडिस क्लब ओस्टरसन्डसँग २-१ ले पराजित भए पनि आर्सनल युरोपा लिगको अन्तिम १६ मा अग्रिगेटमा प्रवेश गरेको हो । त्यस्तै एसी मिलानले भने लुडोजोरेट्सलाई गए राति १-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो ।
सन् २०१२ मा आर्सनल र एसी मिलान च्याम्पियन्स लिगको अन्तिम १६ मा भिडेका थिए जसमा मिलानले ४-३ को रोमाञ्चक जित दर्ता गरेको थियो । आर्सनल त्यस खेलको बदला लिने होडमा हुने छ ।
त्यस्तै २०१३ को च्याम्पियन्स लिग उपविजेता तथा २००२ को युरोपा लिग विजेता बोरुसिया डोर्टमण्डले अष्ट्रियन च्याम्पियन रेडबुल साल्जबर्गको सामना गर्ने छ ।
२०१० र २०१२ को युरोपा विजेता एट्लेटिको म्याड्रिडले लोकोमोटिभ मस्कोको सामना गर्ने छ भने २००८ को विजेता जेनिट सेन्ट पिटर्सबर्गले आरबी लेपजिगको सामना गर्ने छ ।
अन्तिम १६ का अन्य खेलहरु यस प्रकारका रहेका छन्:
लाजियो विरुद्ध डायनामो कियेभ
सीएसकेए मस्को विरुद्ध लियोन
मार्से विरुद्ध एथ्लेटिक बिल्बाओ
स्पोर्टिङ सीपी विरुद्ध भिक्टोरिया प्ल्जेन
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]