default_image

8 years ago

February 24, 2018

साविक विजेता संकटालाई हराउँदै एपीएफ सेमिफाइनलमा

109 views

0 Bookmark

विनोदबाबु रिजाल
चितवन – साविक विजेता संकटा क्लबलाई पाखा लगाउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब नारायणगढमा जारी १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिस्पर्धात्मक क्वार्टरफाइनलमा संकटालाई ३–२ गोलले पछि पार्दै एपीएफ अन्तिम चारमा पुगेको हो । एपीएफका लागि म्यान अफ दी म्याच विकु लामाले दुई र रुपबहादुर लामाले एक गोल गरे । उत्कृष्ट प्रदर्शन गरेर दुई गोल गरेपनि कर्ण लिम्बुले संकटाको हार टार्न सकेनन् । संकटा १२ औं संस्करणको रनिङ शिल्ड विजेता हो ।

पहिलो हाफमा एपीएफलाई राम्रै दबाबमा राखेको संकटाका लागि २१ औं मिनेटमा कर्ण लिम्बुले खाता खोले । लगत्तै २३ औं मिनेटमा पनि वान भर्सेस वानमा कर्णले गोल गरेपनि रेफ्रीले अफसाइड देखाइदिए । त्यसको ९ मिनेटपछि खेलको ३२ औं मिनेटमा नवीन लामाको सुन्दर क्रसमा रुपबहादुरको गोलबाट एपीएफले खेललाई बराबरीमा ल्यायो ।

त्यसपछि आक्रामक बनेको एपीएफले पहिलो हाफमा केही सुन्दर अवसर सिर्जना गरेपनि थप गोल भने हुन सकेन । पहिलो हाफको इञ्ज्युरी समयमा एपीएफका नवीन लामाले वान भर्सेस वानमा गोल गर्ने सुन्दर मौका गुमाए ।

दोस्रो हाफको १८ औं मिनेटमा एपीएफका विकु लामाले किपरलाई विट गरेर अघि बढेको बलमा सहज गोल गरे । त्यसपछि ३९ औं मिनेटमा सन्तोष लामाको लामो क्रसमा फेरि विकुले नै गोल गरेपछि खेल ३–१ को अवस्था पुग्यो । दोस्रो हाफको इञ्ज्युरी समयमा संकटाका कर्ण लिम्बुलाई डिबक्स नजिकै लडाएपछि पाएको फ्रीकिकमा आकर्षक गोल गर्दै संकटाले खेल ३–२ को अवस्थामा पुर्‍याए ।

म्यान अफ दी म्याच बनेका विकुले १० हजार पाए । एपीएफ सेमिफाइनल पुग्ने पहिलो टिम हो । प्रतियोगितामा आइतबार मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिसको सामना गर्नेछ ।

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

Success

Thank you for your time.