8 years ago
February 24, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले आलाभेसलाई ४-० को फराकिलो अन्तरले हराएको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।
रियलले खेलको ४४ औं मिनेटमा गोलको खाता खोल्न सफल भएको हो । करिम बेन्जेमाको पासमा रोनाल्डोले गोल गर्दै स्कोर १-० बनाएका थिए । त्यस्तै दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै ग्यारेथ बेलले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ६१ औं मिनेटमा रोनाल्डोले खेलको आफ्नो दोस्रो गोल गर्दै लालिगामा आफ्नो १४ औं गोल दर्ता गरे । खेलको अन्तिम समयतिर पाएको पेनाल्टी बेन्जेमाले परिणत गर्दै टोलीको फराकिलो जित सुनिश्चित गरेका थिए ।
यस जितसँगै रियलको २५ खेलमा ५१ अंक रहेको छ । २४ खेलमा ६२ अंकसहित बार्सिलोना अग्रस्थानमा रहेको छ भने ५५ अंकसहित एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]