default_image

8 years ago

February 25, 2018

बार्सिलोनाको जितमा स्वारेजको ह्याट्रिक, मेस्सीको दुई गोल

122 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनालाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे भने लियोनल मेस्सीले दुई गोल गरे ।

बार्सिलोनाको घरेलु मैदानमा खेलिएको सो खेलमा जिरोनाले आश्चर्यजनक अग्रता लिएको थियो । पाहुना टोलीका लागि तेस्रो मिनेटमा पोर्टुले गोल गरे । तर त्यसको दुई मिनेटमै मेस्सीको पासमा स्वारेजले गोल गर्दै खेल बराबरी पारे ।

बार्सिलोना पहिलो हाफमा थप तीन गोल गर्न सफल रह्यो । मेस्सीले खेलको ३० औं तथा ३६ औं मिनेटमा सुन्दर फ्रि-किक गोल गरे भने स्वारेजले खेलको ४४ औं मिनेटमा गोल गर्दै स्कोर ४-१ बनाएका थिए ।

खेलको ६६ औं मिनेटमा फिलिप कौटिन्होले बक्सबाहिरबाट आकर्षक गोल गरे भने ७६ औं मिनेटमा स्वारेजले पुन: गोल गर्दै आफ्नो ह्याट्रिक र बार्सिलोनाको फराकिलो जित सुनिश्चित गरे ।

यस जितसँगै बार्सिलोनाको २५ खेलमा ६५ अंक रहेको छ । दोस्रोमा रहेको एट्लेटिको म्याड्रिडको २४ खेलबाट ५५ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको २५ खेलमा ५१ अंक रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.