default_image

8 years ago

February 25, 2018

” प्राविधिक रुपमा नेयमार विश्वका उत्कृष्ट खेलाडी” – पेले

165 views

0 Bookmark

साउपाउलो (एजेन्सी)– ब्राजिलियन महान् खेलाडी पेलेले आफ्ना देशका नेयमार प्राविधिक रुपमा विश्वका उत्कृष्ट खेलाडी भएको बताएका छन् । पेरिस सेन्ट जर्मन (पिएसजी) का सुपर स्टार नेयमारको प्रशंसा गर्ने क्रममा पेलेले उनलाई लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा पनि माथि रहेको बताएका छन् ।


नेयमार सिजनको सुरुआतमा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पिएसजी पुगेका थिए ।  तीन पटक ब्राजिललाई विश्व कप जिताउन नेतृत्व गरेका पेलेको नजरमा मेस्सी र रोनाल्डो भन्दा पनि नेयमार प्राविधिक रुपमा अब्बल छन् । मेस्सी र रोनाल्डोले समान ५ पटक बालोन डी ओर उपाधि जितिसकेका छन् । ७७ वर्षे पेले आउने विश्व कपमा नेयमारले ब्राजिललाई सफलता दिलाउन नेतृत्व लिने विश्वास लिएका छन् ।

फिफाको आधिकारिक वेभसाइटमा पेलेले भनेका छन्, ‘राष्ट्रिय टोलीबाट खेल्दा उनीले आफ्नो खेलमा परिवर्तन ल्याउनु पर्नेछ । अहिले उनी क्लबबाट बायाँबाट आक्रमण गरिरहेका छन् । ब्राजिलबाट खेल्दा उनले सेन्टरमा बढी खेल्न आवश्यक छ । परम्परागत १० नम्बरले बीचमा खेल्नुपर्दछ । त्यो सहज छैन , तर उनले त्यसका लागि आफुलाई तयार पार्नु पर्दछ ।’ पेलेले अगाडि थपे,’ विश्व फुटबलमा यदि हेर्ने हो भने मेस्सी, रोनाल्डो र नेयमार जस्ता कमै सुपरस्टार छन् ।’

पेलेले राष्ट्रिय टोलीले एउटा संगठित रुपमा प्रस्तुत हुन आवश्यक रहेको बताएका छन् । ‘टोली एउटा संगठित समूहका रुपमा विकसित हुनुपर्दछ । जस्तो जर्मनीमा छ । उनीहरु सामूहिक प्रयासमा विश्वास गर्दछन्,’ उनले भने, ‘व्यक्तिगत क्षमतामा भन्दा पनि समूहमा बढी विश्वास गरिन्छ त्यहाँ धेरै सफलता प्राप्त  गर्न सकिन्छ । अहिलेको फुटबलमा त्यो पुष्टि भएको छ । ‘

विश्व कपमा ब्राजिल र नेयमारको सम्भावनालाई लिएर पेलेले थपे, ‘नेयमार त्यसका लागि तयार छन् । उनी क्लब फुटबलबाट राष्ट्रिय टोलीमा आफुलाई बदल्न सफल हुनेछन् । नेयमार ब्राजिलका मुख्य खेलाडी हुन् । उनले आफुलाई त्यहि रुपमा तयार पार्नुपर्दछ । मलाई विश्वास छ, उनी सफल हुनेछन् । प्राविधिक रुपमा उनी विश्वका उत्कृष्ट खेलाडी बनिसकेका छन् । म त्यसमा दृढ छु ।’

ब्राजिलियन टोलीले मुख्य प्रतियोगितामा पछिल्लो समयमा सफलता प्राप्त गर्न नसक्नुको कारण पेलेका नजरमा सहि ढंगको तयारी नहुनु रहेको छ । उनले भने ‘ब्राजिल जहिले पनि विश्व कप जित्ने क्षमता भएको टोली हो । तर, पछिल्ला केहि वर्ष राम्रो गर्न नसक्नु तयारी राम्रो हुन नसकेकोले हो । ब्राजिलका थुप्रै खेलाडी विदेशमा रहन्छन् । त्यसैले खेलाडी बढी भन्दा बढी समय अलग रहन्छन् , जसले प्रशिक्षण टोलीलाई पनि टोली निर्माणमा कठिन हुने गरेको छ ।’

पेलेले हरेक पोजिसनमा ब्राजिलसँग अन्य टोली भन्दा उत्कृष्ट खेलाडी रहेको दाबी गरेका छन् । ‘टोली कस्तो होला यसै भन्न सकिन्छ,’ उनले भने, ‘तर व्यक्तिगत क्षमताका कुरा गर्ने हो भने ब्राजिलियन खेलाडी जस्तो अन्य कुनै टोलीसँग छैन ।’ यो वर्ष रुसमा आयोजना हुने विश्व कपमा ब्राजिललाई दाबेदार मध्ये एकका रुपमा हेरिएको छ । छनोट चरणमा उच्च प्रदर्शन गरेको ब्राजिलले विश्व कपको समूह इमा स्विट्जरल्यान्ड, कोस्टा रिका र सर्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.