8 years ago
February 25, 2018
लण्डन (एजेन्सी) – इंग्लिस लिग कप अन्तर्गत फाइनल खेलमा आज आर्सनल र म्यानचेस्टर सिटी वेम्ब्ली स्टेडियममा भिड्दै छन् । नेपाली समय अनुसार सो खेल १०.१५ बजे सुरु हुने छ ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आज गोलकिपरको स्थानमा क्लाउडियो ब्राभोलाई खेलाउने बताएका छन् । सिटीका लागि फाबियन डेल्फ निलम्बित छन्। त्यस्तै युवा फरवार्ड ग्याब्रियल जेससा पूर्ण फिट नरहे पनि बेन्चमा स्थान पाउने सम्भावना रहेको छ ।
अर्को तर्फ आर्सनलका लागि डेभिड ओस्पिनाले गोलपोस्ट सम्हाल्ने छन् । आरोन राम्सी र मेसुट ओजिल फिट हुँदै सुरुवाती ११ मा फर्किने सम्भावना धेरै छ । त्यस्तै हेनरिक मिखितार्यन ‘कप-टाइड’ रहेकाले खेलमा सहभागी हुने छैनन् ।
यी दुई बीच खेलिएको पछिल्लो खेलमा म्यानचेस्टर सिटी ३-१ ले विजयी रहेको थियो तर वेम्ब्लीमा खेलिएको पछिल्लो खेलमा भने आर्सनलले २-१ को जित दर्ता गर्न सफल भएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]