default_image

8 years ago

February 25, 2018

मनाङ विकास रनिङ शिल्डको सेमिफाइनलमा

122 views

0 Bookmark

विनोदबाबु रिजाल

चितवन – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो क्वाटरफाइनलमा पुलिसलाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफको तेस्रो मिनेटमै पुलिसका रेजेन सुब्बाले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर त्यो अग्रता पुलिसले एक मिनेट पनि जोगाउन सकेन । चौथो मिनेटमै मनाङका विदेशी खेलाडी काचीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसपछि दुवै टोलीले थुप्रै अवसर सिर्जना गरे पनि पहिलाे हाफमा थप गाेल भने हुन सकेन ।

मनाङका विमल रानाले दोस्रो हाफको ९ औं मिनेटमा गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । त्यसपछि अाक्रामक बनेकाे पुलिस अन्तिम समयसम्म गाेलका लागि संघर्ष गरे पनि सेमिफाइनल पुग्न असफल रह्याे ।

मनाङका गौरव बुढाथोकी म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रूपैयाँ पाएका छन् । प्रतियोगितामा तेस्राे क्वाटरफाइनलमा भाेलि नेपाल अार्मी र फ्रेण्डस क्लब काठमाडौं भिड्ने छन् ।

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

Success

Thank you for your time.