8 years ago
February 25, 2018
लण्डन (एजेन्सी) – प्रिमियर लिगमा टोटनह्याम हटस्परले क्रिस्टल प्यालेसलाई १-० ले हराएको छ । पाहुना टोली टोटनह्यामका लागि उसका स्टार स्ट्राइकर ह्यारी केनले निर्णायक गोल गरे ।
पहिलो हाफमा टोटनह्यामले अग्रता लिने केहि अवसर पाएको थियो । तर केनको प्रहार क्रिस्टल प्यालेसका गोलकिपर वेन हेनेसीले राम्रो बचाऊ गरेका थिए भने एउटा पेनाल्टी अपिलमा केनलाई अफ-साइड दिइएको थियो ।
दोस्रो हाफमा टोटनह्यामका डिफेन्डर सर्ज अरियरले ४ यार्डबाट गोल गर्न चुकेका थिए । तर खेलमा दुई मिनेट बांकी हुँदा क्रिस्टियन एरिक्सनको कर्नरमा केनले हेडिङ गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।
यो केनको प्रिमियर लिग सिजनमा २४ औं गोल हो । यस जितसँगै टोटनह्याम शीर्ष ४ मा पनि उक्लेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]