default_image

10 years ago

August 24, 2015

अपराजित रहंदै नेपाल सेमिफाइनलमा

297 views

0 Bookmark

काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबलमा आफुलाई अपराजित राख्दै नेपाल समुह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको समुहचरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै अफगानिस्तान विरुद्धको भेट पक्का गर्‍यो ।

अन्जन बिष्टको पेनाल्टी मार्फत गोल

अन्जन बिष्टको पेनाल्टी मार्फत गोल

अपराजित राख्ने क्रममा नेपालले १–० ले पछि रहेको अवस्थालाई उल्टाउंदै खेल आफ्नो पक्षमा पार्न सफल भयो । गोलका दुबै मौका बंगलादेशले गरेको गल्तिका कारण संभव भएको थियो । खेललको ११ औं मिनेटमानै बंगलादेशले अग्रता कायम गर्‍यो । उसका रोहित सरकारले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाए । यद्धपि १८ औं मिनेटमा विश्वास श्रेष्ठको प्रहार मोहमद्ध सलाउदीनको हातमा लागेपछि नेपालले पेन्ल्टी प्राप्त गरेको थियो । जसलाई अञ्जन विष्टले सदुपयो गर्दै नेपाललाई बराबरीमा ल्याए ।

भुटान विरुद्धको खेलका दौरान नायक सावित भएका विमल घर्तीमगर चल्न नसकेको खेलमा नेपालको कुनैपनि पक्ष बलियो देखिएन् । कमजोर रक्षापंति र मिडफिल्डका कारण नेपालले पर्‍याप्त तनाव झेल्यो । यद्धपि फरवार्ड लाइनअपमा पनि नेपालले कुनै जादु देखाउन सकेन् । नेपाल भन्दा तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेको बंगलादेश अभागि सावित भयो । उसले अक्तिरीत समय आफनै गल्तीले गोल खान पुग्दा नेपाल स्पष्ट अंकका साथ सेमिफाइनल यात्रा तय गर्न सफल भयो । सुनिल बलको कर्नरलाई गोलरक्षक अनिसुर रहमानले क्लीयर गरिसकेको अवस्थामा टिट्युल होसिन बदसाले हेड गरेपछि आत्माघाती गोलका नेपालले अग्रता हासिल गर्‍यो । यद्धपि रेफ्रिले उक्तबल आत्माघाती नभई अन्नत तामाङको गोलका रुपमा रहेको बताए । नेपालले पहिलो सेमिफाइनलमा विहिबार समुह ‘वि’ को उपविजेताका रुपमा अगिल्लोचरण प्रवेश गरेको अफगानिस्तान विरुद्ध प्रतिष्पर्धा गर्ने छ । खेलपछि बंगलादेशी प्रशिक्षक अकम सहिफुल बरि टीटुले अन्तिम समयमा भएको आत्माघाती गोल टिमको हारको कारण भएको बताए । उनले भने ‘हामिले पहिलो हाफमा राम्रो प्रेसर सिर्जना गर्न सफल भयौं । गोलका मौकाहरु पनि राम्रा थिए तर गोलरक्षकले केहि सुन्दर मौकाहरु विफल पारे ।’ उनले नेपाल विरुद्ध अधिकासं समय बल नियन्त्रणमा राखेपनि गोल गर्न नसक्दा तथा आफ्नै कारणले नेपालले खेलमा अग्रता हासिल गरेको बताए । उनले घरेलु मैदान र दर्शक भएको टिम विरुद्धको प्रदर्शन गाह्रो हुने भन्दै प्रदर्शन अपेक्षीत भएको बताए ।

नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले खेलमा सुधार हुन नसकेको भन्दै सेमिफाइनलमा सुधार हुने अपेक्षा राखे उनले भने ‘हामिले अझै राम्रो सुधार गर्न सकेका छैन्नौ खेलमा बल पोसेसन र मिड राम्रो भएन भने सेमिफाइल भन्दा माथि जाने चान्स छैन् ।’ उनले अफगानिस्तान र नेपालको संभावना बराबरी भएकाले उ विरुद्ध सबै गल्तीलाई सच्याएर मैदानमा उत्रने बताए । त्यस्तै कप्तान विमल घर्ती मगरले समग्र टिम र ब्यक्तिगत रुपमा आफ्नो प्रदर्शन पनि भुटानको भन्दा खचकिएको भन्दै सेमिफाइनलमा प्रदर्शन सुधार गर्नुको विकल्प नभएको बताए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.