8 years ago
February 25, 2018
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा शीर्ष ४ का लागि लडिरहेका दुई टोली म्यानचेस्टर युनाइटेड र चेल्सीको भिडन्तमा घरेलु टोली युनाइटेड २-१ ले विजयी भएको छ । युनाइटेडका लागि मिडफिल्डर जेसे लिन्गार्डले निर्णायक गोल गरे ।
खेलको ३२ औं मिनेटमा चेल्सीको लागि विलियनले गोल गर्दै पाहुना टोलीलाई अग्र्ता दिलाएका थिए । तर खेलको ३९ औं मिनेटमा रोमेलु लुकाकुले टोलीका लागि गोल गर्दै स्कोर बराबर पारेका थिए । पूर्व चेल्सीका स्ट्राइकर लुकाकुको यो शीर्ष ६ टोली विरुद्ध यस सिजनको पहिलो गोल थियो ।
दोस्रो हाफमा एन्थोनी मार्सियालको स्थानमा मैदान प्रवेश गरेका लिन्गार्डले लुकाकुको पासमा गोल गर्दै टोलीलाई पुरा ३ अंक दिलाउन सफल रहे । यस जितसँगै २८ खेलमा ५९ अंकसहित युनाइटेड दोस्रो स्थानमा यथावत् छ भने सोहि खेलमा ५३ अंक बटुलेको चेल्सी पाँचौं स्थानमा झरेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]