8 years ago
February 26, 2018
लण्डन (एजेन्सी) – यस सिजन उच्च लयमा रहेको म्यानचेस्टर सिटीले इंग्लिस लिग कपको रुपमा आफ्नो पहिलो उपाधि जितेको छ । सिटीले गए राति फाइनल खेलमा आर्सनललाई ३-० ले हराउन सफल रह्यो ।
सिटीले खेलको १८ औं मिनेटमा अग्रता लिन सफल भएको थियो । गोलकिपर क्लाउडियो ब्राभोको किकमा सिटीका स्टार स्ट्राइकर सर्जियो अगुएरोले आर्सनलका किपर डेभिड ओस्पिनामाथि चिप गर्दै खेलमा अग्रता दिलाए ।
सिटी दोस्रो हाफमा थप दुई गोल गर्न सफल रह्यो । लामो समय घाइते रहेका कप्तान भिन्सेन्ट कम्पनीले ५८ औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे भने ६५ औं मिनेटमा डेभिड सिल्भाले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]