default_image

8 years ago

February 26, 2018

नेयमार घाइते, रियलविरुद्धको खेल गुमाउन सक्ने

187 views

0 Bookmark

पेरिस (एजेन्सी) – गए राति पेरिस सेन्ट जर्मन (पिएसजी) को जितमा क्लबका स्टार खेलाडी नेयमार घाइते भएका छन् । घुंडामा चोटका कारण उनले रियल म्याड्रिडविरुद्धको च्याम्पियन्स लिग खेल पनि गुमाउन सक्ने छन् ।

पिएसजीले गए राति मार्सेलाई ३-० ले हराउन सफल रह्यो । घरेलु टोलीका लागि किलियन बाप्पे र एडिन्सन काभानीले गोल गर्दा एक गोल मार्सेका डिफेन्डर रोलान्डोले आत्मघाती गोल गरे ।

सो जितका बावजुद पिएसजीका खेलाडीहरु एवं प्रशिक्षक चिन्तित छन् । कारण, हो नेयमारको चोट । खेलको ७७ औं मिनेटमा मार्सेको खेलाडीको ट्याकलमा घाइते भएका नेयमारले स्ट्रेचरमा मैदान छोड्न बाध्य भए ।

क्लबबाट थप जानकारी नआए पनि उनको चोटको पहिला दृश्यहरुले नेयमार लामै समयका लागि मैदान बाहिरिने संकेत दिएको छ । नेयमार रुँदै स्ट्रेचरमा मैदानबाट बाहिरिएका थिए ।

मार्च ७ मा पिएसजी रियल म्याड्रिडसँग भिड्ने छ । पहिलो लेगमा पिएसजी ३-१ ले पछि परिसकेको छ । यदि नेयमार त्यस खेलमा बाहिरिए भने पिएसजीको रियललाई हराउने आशा पनि स्वत: कम हुने छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.